logo
  • २४ कार्तिक २०८३ , सोमबार
    • ट्रेन्डिङ

    सूर्यपुरा, रुपन्देहीको विन्ध्यवासिनीमा श्रीमद् देवी भागवत महापुराण सुरु


    २३ फाल्गुन २०८१ , शुक्रबार

    सूर्यपुरा, रुपन्देहीको विन्ध्यवासिनीमा श्रीमद् देवी भागवत महापुराण सुरु

    लुम्बिनीखबर
    मणिग्राम, २३ फागुन । तिलोत्तमा ८ सूर्यपुरा, रूपन्देहीस्थित विन्ध्यवासिनी त्रिदेवी मन्दिरमा बिहीबार देखि श्रीमद् देवी भागवत महापुराण एवम् तण्डुलाचल ज्ञान महायज्ञ शुरू भएको छ ।
    श्री १००८ स्वामी विवेकानन्द सरस्वती जी महाराजले महायज्ञ समुद्घाटन गर्दै सन्तान र सन्ततिको सुरक्षाको लागि चाहिने संस्कारका लागि यज्ञ र आध्यात्म उत्तम मार्ग भएको उल्लेख गर्नुभयो । आफ्नो दुर्लभ जन्मको कारण वा उद्देश्य बुझ्न सकेका मानिसले यस्तै कार्यबाट समाजको कल्याण गर्नेसमेत उहाँले बताउनुभयो ।


    कार्यक्रममा कथाका प्रमुख वाचक आचार्य चैतन्यकृष्ण प्रभूले पूर्वीय दर्शनका ज्ञान विज्ञानलाई महायज्ञका मद्दतले जनमानसमा पु¥याउन सकिने बताउनुभयो ।
    सो अवसरमा तिलोत्तमा नगरपालिकाका नगरप्रमुख रामकृष्ण खाँणले पर्यटकीय क्षेत्रको विकाश नगरपालिकाको पनि उद्देश्य भएकोले विगतदेखि नै नगरपालिकाले त्यहाँ सहयोग गर्दै आएको उल्लेख गर्नुभयो । साथै, महायज्ञमा पनि आवश्यक सरसल्लाह पछि सहयोग गर्ने उल्लेख गर्नुभयो ।
    यज्ञ आयोजक समितिका अध्यक्ष तुल्सीराम खरेलको अध्यक्षतामा भएको महायज्ञ समुद्घाटन कार्यक्रमका वक्ताहरूले विन्ध्यवासिनी मन्दिर क्षेत्र धार्मिक मात्र नभई पर्यटकीय र ध्यानकेन्द्र सहित सभ्यताको प्रतीक समेत भएकोले सबैले सहयोग गर्नुपर्ने उल्लेख गर्नुभयो ।
    यज्ञ सचिवालय सदस्य मुक्तिनाथ गैह्रेको सञ्चालन र उपाध्यक्ष शान्ता बस्याल भट्टराईको स्वागतमा भएको कार्यक्रमा तिलोत्तमा ८ का वडाध्यक्ष कृष्णप्रसाद पौडेल, आयोजक समितिका प्रमुख सल्लाहकार मोहनराज शर्मा, मञ्जरी सहकारीका अध्यक्ष कृष्णप्रसाद भुसाल, ज्योति जागृति आमा समूहका उषा घिमिरे लगायतले बोल्नुभएको थियो ।

    सम्बन्धित समाचार
    ताजा अपडेट

    Krisha Sanchar Griha P. LTD.
    SiddharthaNagar-12, Rupendehi
    E-mail: elumbinikhabar1@gmail.com
    Contact: 9851351793
    Department of Information and
    Broadcasting Regd. No:3214/78/79
    Press Council Registration No. 3262/2078/079

    हाम्रो टिम

    Executive Editor:
    Akash Chaudhary  (Kuldeep)
    News Coordinator :
    Bishan Gurung

    Copyright © All right reserved to elumbinikhabar.com Site By: SobizTrend.