अन्जना चौहान । लुम्बिनीखबर
लुम्बिनी, फागुन । लुम्बिनीमा ११५ओेेेैं अन्तर्राष्ट्रिय महिला दिवस मनाइएको छ । लुम्बिनी साँस्कृतिक नगरपालिकाे आयोजना र सेतो गुराँस बाल विकास सेवा रुपन्देही समन्वयमा एक कार्यक्रमको गरी ११५ओैं अन्तर्राष्ट्रिय महिला दिवस मनाइएको छ ।
लैङ्गकि हिंसा न्यूनीकरण एवं महिला अधिकार सम्बन्धि अभिमुखकरण कार्यक्रम नगरपालिकाकाे सभा हलमा सम्पन्न भएकाे थियाे ।
कार्यक्रममा लुम्बिनी साँस्कृतिक नगरपालिका महिला तथा बालबालिका शाखा प्रमुख विनिता शाहले स्वागत गर्नु भएको थियाे साथै निर्वमान प्रमुख प्रशासकीय अधिकृत केवश प्रसाद ब्यानर बाचन गरि कार्यक्रम शुभारम्भ भएकाे थियाे।

कार्यक्रममा मायादेवी प्रगशिल आमा समूह अध्यक्ष केशव प्रसाद यादवले शुभकामना दिँदै महिला दिवस किन मनाइन्छ भने विषयमा जानकारी दिएका थिए।
कार्यक्रममा प्रशिक्षक परिवर्तनको लागि समुह नेपाल अध्यक्ष रिता सेन वली प्रशिक्षण गर्दै लैङ्गिक हिंसा के हो भन्ने बारे प्रशिक्षण दिनुभएको थियो।
अध्यक्ष रीताले कुनै व्यक्तिको लिङ्गको आधारमा गरिने हिंसा वा शोषणलाई जनाउँछ। यसमा शारीरिक, मानसिक, यौन, आर्थिक र भावनात्मक यातना समावेश हुन्छ। महिलाहरू र लिङ्ग अल्पसंख्यक समुदायहरू विशेष गरी यस हिंसाको शिकार बन्ने गर्छन भन्ने जानकारी गराउनुभयो।
शारीरिक हिंसा पिटाइ, कुटपिट, चोटपटक लगाउनु
यौन हिंसा बलात्कार, यौन दुर्व्यवहार, जबरजस्ती यौन सम्पर्क मानसिक र भावनात्मक हिंसा: अपमान धम्की, मनोबल गिराउनु जस्ता अनेक प्रकारका काम गर्ने गरिन्थ्यो।
सोही आर्थिक हिंसा आर्थिक शोषण, आर्थिक निर्भरता बनाइराख्नु नेपाली महिला एतिहासिकता अन्तर्राष्ट्रिय महिला आन्दोलन ८ मार्चका दिन भएकै कारण अन्तर्राष्ट्रिय महिला दिवस मनाउन थालियाे बताउनुभयो।
कार्यक्रममा ४८ जना महिला र किशोरीहरुकाे सहभागीता रहेको थियाे।
कार्यक्रमका अध्यक्ष कार्यपालिकाका जेष्ठ महिला चन्द्रकली सापोटा, अतिथि महिला तथा बालबालिका शाखा प्रमुख विनिता शाह, मायादेवी प्रगतिशील आमा समूह मन्जु पराजुली कार्यपालिका सदस्य रुविना खातुन, वडा न १ देखि १३ सम्मको वडा महिला सदस्यहरु, लुम्बिनी युवा महिला संस्था अध्यक्ष शीला हरिजन, किशोरी अधिकार मञ्च अध्यक्ष सुनिता हरिजन, लुम्बिनी साथी संजाल सचिव श्याम सिंह यादव, सेतो गुराँस बाल विकास सेवा मिना चौधरी, प्रविन उपाध्याय लगायत उपस्थितिमा कार्यक्रम सम्पन्न भएको हो ।