logo
  • २३ कार्तिक २०८३ , आइतबार
    • ट्रेन्डिङ

    बालवालिकालाई सम्मान र संस्कृति सिकाउदै लुुम्बिनी सृजना स्कुल


    १५ बैशाख २०८२ , सोमबार

    बालवालिकालाई सम्मान र संस्कृति सिकाउदै लुुम्बिनी सृजना स्कुल

    लुम्बिनीखबर
    भैरहवा, १५ वैशाख । लुम्बिनी सृजना बोर्डिङ्ग स्कुल सिद्धार्थनगर–१ बेलहियाले मातातीर्थ औँसीको अवसरमा श्री सत्य साई वृद्ध आश्रममा आश्रय लिनुभएका बृद्ध आमा बुबासँग भेटभाट तथा भलाकुसारी गरि मनाएको छ ।


    विद्यालयलले शुक्रबार एक कार्यक्रमको आयोजना गरि आमाको विशेष दिन (मातृ दिवस) को अवसर पारे ४, ५, ६ कक्षाका विद्यार्थी तथा शिक्षकहरुलाई श्री सत्य साई वृद्ध आश्रम पुगेर बृद्ध आमाबुबासँग भेटघाट गरी आत्मीयता साटासाट गरेको विद्यालयका प्रधानाध्यापक सृजना पाठकले जानकारी दिनुभयो । यस अवसरमा विद्यार्थीहरूले वृद्ध आश्रममा बसोबास गर्नु भएका बुबा–आमाहरूसँग छलफल गर्नुका साथै विभिन्न संस्कार, सस्कृतिको सम्मापन गर्ने विषयमा जानकारी लिएको स्कुलको सुचना शाखाले जनाएको छ ।


    उनीहरूले बुबा–आमाहरूलाई खाना खुवाउने, नङ काट्ने, कपाल कोर्ने कार्यहरू गरे साथै बुबा–आमासँग आत्मीय संवाद गरी समय बिताएको प्रधानाध्यापक पाठकले जानाकारी दिनुभयो ।
    विद्यार्थीहरूले बुबा–आमासँग जीवन अनुभवहरू सुन्ने अवसर पाएको र सामाजिक सेवाको महत्व बुझ्न अवसर प्राप्त गरेको स्कुलको प्रशासन शाखाले जनाएको छ । साथै वृद्ध आश्रममा बसोबास गर्नु भएका बुबा–आमाहरूले विद्यार्थीहरूको मायालु व्यवहारबाट खुशी व्यक्त गर्नु भएको श्री सत्य साई वृद्ध आश्रमले जनाएको छ ।


    कार्यक्रमले विद्यार्थीहरूमा अग्रजप्रति सम्मान, सेवा भाव र सहानुभूति जस्ता मानवीय गुणहरू विकास गर्न महत्वपूर्ण भूमिका खेल्ने विद्यालय व्यवस्थापन समितिले जनाए । विद्यालय परिवारले भविष्यमा यस्ता सामाजिक सेवाका कार्यक्रमहरूलाई निरन्तरता दिने प्रतिबद्धता समेत जनाएको छ । पछिल्लो समयमा लुम्बिनी सृजना बोर्डिङ्ग स्कुलले विद्यार्थीहरुलाई सैदान्तीक पढाईका साथसाथै व्यवहारिक ज्ञान पनि प्रदान गर्ने गरेको छ ।

     

    सम्बन्धित समाचार
    ताजा अपडेट

    Krisha Sanchar Griha P. LTD.
    SiddharthaNagar-12, Rupendehi
    E-mail: elumbinikhabar1@gmail.com
    Contact: 9851351793
    Department of Information and
    Broadcasting Regd. No:3214/78/79
    Press Council Registration No. 3262/2078/079

    हाम्रो टिम

    Executive Editor:
    Akash Chaudhary  (Kuldeep)
    News Coordinator :
    Bishan Gurung

    Copyright © All right reserved to elumbinikhabar.com Site By: SobizTrend.