logo
  • २३ कार्तिक २०८३ , आइतबार
    • ट्रेन्डिङ

    निर्माणधिन सेवा केन्द्र भवनको सामुदायस्तरमा छलफल


    १६ बैशाख २०८२ , मंगलबार

    निर्माणधिन सेवा केन्द्र भवनको सामुदायस्तरमा छलफल

    लुम्बिनीखबर
    भैरहवा, १६ वैशाख । जिल्ला प्रहरी कार्यालय रुपन्देहीमा निर्माणधिन महिला वालवालिका तथा जेष्ठ नागरिक सेवा केन्द्र भवन सम्बन्धी सामुदायिक छलफल कार्यक्रम सम्पन्न भएको छ ।
    नेपाल सरकार तथा एशियाली विकास बैंकको सहयोगमा महिला उत्थानशिल परियोजना अन्तर्गत निर्माण भैरहेको यो भवनको विषयमा सरोकारवाला निकाय संग छलफल गरिएको हो ।
    छलफल कार्यक्रमका प्रमुख अतिथि सिद्धार्थनगर नगरपालिकाका नगर प्रमुख इस्तियाक अहमद खानले यो परियोजना समयमा सम्पन्न गर्नका लागि आग्रह गर्दै महिला उत्थानशिल परियोजना संग सहकार्यका लागि नगरपालिका तयार रहेको बताउनुभयो ।
    सिद्धार्थनगर नगरपालिकाका उपप्रमख उमा अधिकारीले महिला उत्थानशिल परियोजनाले निर्माण गरिरहेको यो सेवा केन्द्र अति आवश्यक भएको बताउनुभयो । उहाँले यो भवनको सेवा मुलक भएको भन्दै आम जनसमुदायलाई जानकारी हुनुपर्ने भनाइ राख्नुभयो ।
    निर्माधिन सेवा केन्द्र भवनको विषयमा जानकारी दिदै महिला उत्थानशिल परियोजनाका टिम प्रमुख कृष्ण बहादुर कटुवालले यो भवन सरकारको मापदण्ड अनुसार निर्माण हुने बताउनुभयो ।
    कार्यक्रममा यूएनओपिएसका लुम्बिनी प्रदेश हेर्ने इ.प्रेक्षा सिंहले निर्माणधिन सेवा केन्द्र भवनको प्राविधिक विषयमा जानकारी दिनुभएको थियो । उहाँले भवनको लागन, आयोजनाको अवस्था, विवरणका विषयमा उपस्थित सरोकारवालालाई जानकारी दिनुभयो ।
    कार्यक्रममा लुम्बिनी प्रेस क्लबका अध्यक्ष कमल रायमाझी, जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक सुरज कार्की, महिला सेल प्रमुख प्रहरी निरिक्षक अमृता के.सी. सिद्धार्थनगर नगरपालिकाका वडा अध्यक्षहरु, वडा सदस्यहरु, स्थानीय महिला तथा टोलविकास समितिका अध्यक्ष तथा प्रतिनिधिहरुको सहभागी रहेको थियो ।
    नेपाल सरकारबाट अमेरिकी डलर ६ मिलियन र एसियाली विकास बैंकबाट अमेरिकी डलर १२ मिलियन गरि कुल अमेरिकी डलर १८ मिलियनमा यो सेवा केन्द्रको निर्माण भैरहेको छ ।
    सन २९ मार्च २०२४ मा निर्माण कार्य शुरु भएको यो सेवा केन्द्र भवनको २८ सेप्टेम्बर २०२५ मा निर्माण कार्य सम्पन्न हुने परियोजनाको सुचना शाखाले जनाएको छ ।
    रविना– गोरखनाथ जेभीले निर्माण गरिरहेको यो सेवा केन्द्रको हाल सम्म भौतिक प्रगति ६१ प्रतिशत र वित्तिय प्रगति ४० प्रति भएको निर्माणकर्ताले बताएका छन् ।
    तिन तले अत्याधुनिक सेवा सुविधा भएको यो भवन आर्सिस फ्रेम संरचनाको प्रकारले निर्माण भैरहेको छ । यो भवनमा २ कोठा भान्छा र भोजन कक्ष, ३ वटा शौचालय र अन्य १७ वटा कोठा हुने छन् । यहाँ वार्डेन कक्ष सहित प्रशासन र अन्य कर्मचारी कार्यकक्षहरु हुने परियोजनाको प्रशासन शाखाले जनाएको छ ।
    भवन भित्र आवास कक्ष, बाल हेरचाह कक्ष, स्वागत, सामान्य केस दर्ता, परामर्श कक्ष, प्रथामिक उपचार, एचसीपीसी, मनोरञ्जन, बैठक र सम्मेलन कक्ष हुने छन् ।
    यहाँ सौर्य ताप प्रणाली भएको पानीको आपूर्तिको सुविधा, लैङ्गिक मैत्री, अपाङ्मैत्री शौचालय, फोहोर पानी निकासको ढल, वातानाकुलित कोठाहरु हुने परियोजनाको प्राविधिक शाखाले जनाएको छ ।

    सम्बन्धित समाचार
    ताजा अपडेट

    Krisha Sanchar Griha P. LTD.
    SiddharthaNagar-12, Rupendehi
    E-mail: elumbinikhabar1@gmail.com
    Contact: 9851351793
    Department of Information and
    Broadcasting Regd. No:3214/78/79
    Press Council Registration No. 3262/2078/079

    हाम्रो टिम

    Executive Editor:
    Akash Chaudhary  (Kuldeep)
    News Coordinator :
    Bishan Gurung

    Copyright © All right reserved to elumbinikhabar.com Site By: SobizTrend.