सावित्री घिमिरे
भगवान् गौतम बुद्ध को पबित्र नगरी लुम्बिनी को प्रवेश द्वार भैरहवा मा रहेको उत्कृष्ट लुम्बिनी बचत तथा रिण सहकारी सस्था लिमिटेड को आयोजना मा हामी ३८ जना शेयर सदस्य हरुको टोलि २०८२र१र१७ बिहान साडे ६ बजे बुद्ध चोक बाट अबलोकन भ्रमण को लागि प्रस्थान गर्यौ।हुनत भ्रमण टोलिको सम्योजकले बिहान ५,घण् बजे जाने भनेर सबैलाई सुचना गर्नु भएको थियो ।सबै साथीहरू जमघट हुदा अलिकति ढिलो भयो।भैरहवा बाट हिडेपछि बिहानको ठिक ९बजे चन्द्रौटा गएर खाजा नास्ता गरियो।
त्यसपछि हाम्रो टोलि अगाडी बडयौ । दिउँसो को १२बजे कोहलपुर गएर खाना खायौ।त्यसपछि हामी महेन्द्रनगर को यात्रामा हिड्यौ ।कर्णाली चिसापानी पुगेपछि हामी गाडी बाट ओर्लेर सबैजना रमाउदै कर्णाली को चिसो मौसममा फोटो सेसन गरियो ।दिनको २देखि ३ बजे सम्म कर्णाली पुलको अबलोकन गरियो।त्यसपछि हामी महेन्द्रनगर तर्फ लाग्यौ।साझ ठिक ६स्३० बजे अत्तरिया पुगेर चिया नास्ता गरियो।२१ गते साझ हामी कन्चनपुर जिल्लामा रहेको महेन्द्रनगर नगर को सिद्धार्थ होटलमा बास बस्यौ।
सिद्धार्थ होटल पहिले नै बुकिङ भैसकेको ले खाना खाई बास बस्यौं ।२०८२।०१।१८ गते बिहान ठिक ण्६ बजे सिद्धार्थ होटेलबाट निस्की छ ओटा भ्यान चभकभचखभ गरि ३८ जनाको टोलि भारतको बनबासा तर्फ प्रस्थान गरियो।त्यसपछि भारतकै कमल चभकयचत मा गएर चियापान गरियो ।त्यसपछि हामी ठिक २ बजे तोकिएको होटेलमा खाना खायौं र गन्तव्य तर्फ लाग्यौं ।पर्यटकको सहजताको लागि ठाँउको नाम, नक्सा र दुरि जनाउने सूचनामूलक सन्देशका बोर्डहरु देखिन्थे। नैनीताल जाने क्रममा भारतीय सुरक्षा कर्मचारीबाट पर्यटकहरूलाई अनावश्यक खानतलासी ९कुन ठाँउबाट आएकोरुकहाँ जाने भन्दै गाडीबाट ओराल्ने ,चढाउने, गाडी दबअप गराउने ,अगाडि बढाउने , होटेल दययप भएकोर नभएको केरकार गर्ने ,दिइएको उत्तर उनीहरुलाई चित्त नबुझे सवारी साधन नै महिनौं सम्म जफत गर्ने०गरि असहज परिस्थिति सिर्जना गरेको पाईयो।
हाम्रो टोलिको संयोजकले नैनीतालको सूर्य होटेल बूक गर्नु भएको रहेछ।भारतीय प्रहरी प्रशासन र होटेल व्यावसायी बीच सेटिङ हुदो रहेछ । पर्यटकहरुलाई सुरक्षाकर्मीहरुले किन यस्तो व्यबहार गरेका होलान भनेर हामीले स्थानीय सवारी चालकलाई सोधपुछ गर्यौं ।प्रत्युत्तरमा उनीहरुबाट सबै यात्रु सधै प्रताडित हुनुपर्ने र मनोमानी नियम चलाउछन भन्ने पाईयो।
नैनीताल को बिकासको लागि त्यहाँको प्रहरी प्रशासन अलि लचिलो बन्नु पर्ने देखिन्छ किनभने विभिन्न क्षेत्र र यदेश बिदेशबाट आउने पर्यटकहरुलाई अशिश्ट र अभद्र व्यबहार मन पर्दैन ।
हामी ठिक ४ बजे बेलुका नैनीताल पुगियो, झोला बिसाईयो र दृश्याबलोकन तर्फ लागियो।चारैतिरबाट पहाडले घेरिएको सुन्दर नैनीतालल्रे हरेक पर्यटकलाई आफ्नो सुन्दर अवयब अबलोकन गराई अबर्णनीय आनन्द पस्किरहेको थियो।तर नैनीताल वरपरको होटेल ब्यबस्थापन राम्रो पाईएन।लाखौं पर्यटक भित्र्याउने नैनीताल वरपरको अवस्था , वस्तुस्थिति , बजार ब्यबस्था ,स्वागत द्वार आदि आदि मा पुनरावलोकन हुन अत्यन्तै जरुरी छ।यसमा संबंधित निकायको ध्यानाकर्षण होस ।
२०८१।०१।१९ गते बिहान चियापान गरेर हामी नजिकै रहेको निबकरोली बाबाको मन्दिर तिर लाग्यौं ।त्यसपछि बिहानको खाना खाई महेन्द्रनगर तर्फ लागियो। महेन्द्रनगरमा रहेको सृजना सहकारीको अबलोकन र वस्तुस्थिति बुझी दोधारा चादनी पुग्यौं र त्यहा रहेको एसिया कै लामो झोलुङ्गे पुल हेर्यौ ।त्यसपछि टनकपुर बाध तर्फ लागियो जहाँ भारतले नेपाललाई बिद्युत दिने सर्तमा बाध बाधिएको रहेछ।
सम्झौताअनुरूप भारतले काम नगरेको स्थानीय जन गुनासो पाईयो।राजनीति दलका नेताहरुले भारतले सम्झौतानुरुप काम नगर्दा पनि चु बोल्न नसकेको उदाहरण यहाँ पनि स्पस्ट देखियो। अहिले पनि रास्ट्रका मुखियाहरु भागबन्डाको राजनीतिमै लागेको पाइन्छ ।यस्तो कातर प्रवृत्तिले गर्दा भारतले हामी प्रती गिद्दे नजर लगाउन छाडेको छैन। यो त एउटा उदाहरण मात्र हो। एउटा असल मित्र रास्ट्रले अर्को मित्र रास्ट्र प्रती गरिने यस्ता गतिविधि जतिसक्दो छिटो अन्त्य हुनु जरुरी छ। अब नेपाली जनताहरु आफ्ना गुमेका भुभाग प्राप्तिका लागि सचेत हुनैपर्छ ।
त्यसपछि हामी भोलि पल्ट कैलाली टिकापुरको भ्रमण तर्फ लाग्यौ।टिकापुर को लक्ष्मी नारायण मन्दिर दर्शन गरेर हामी धनगढी कैलाली को श्री शिवपुरी उत्तर रामेस्वरम ज्योतिर्लिङ्ग धाम उत्तर बेहडी तर्फ लाग्यौ।
त्यहा स्वामी लोकानन्द पिठाधिस को परिकल्पना अनुसार निर्माण गरिएको एशियाली सवभन्दा अग्लो शिवलिङ्ग रहेछ।त्यो पिठाधिस को संरक्षकत्व लोकानन्द ले नै गर्नु भएको रहेछ।यो धाम को सन्चालनार्थ १९ सदस्यीय समिति रहेछ।अद्द्यक्ष मदन कुवर,बरिस्ठ उपाध्यक्ष योगेन्द्र मल्ल,उपाध्यक्ष सीता खड्का लगायत समिति अन्य पदाधिकारी हरु सङ्ग भेट भयो।उहाहरुको सम्योजकत्व मा हामिले बिहान को प्रसाद ग्रहण गरियो।
त्यहा निर्माणाधिन शिवपुरी सेल्फी स्टेन्ड,हनुमान मन्दिर ,शनिदेब मन्दिर,कैलास मार्ग गौरा भवन,स्वामी जि को कुटि लगायत २० थरिका भवन हरु निर्माणा धिन रहेछन् ।यो सबै स्थानीय बासी र केही स्थानीय निकाय को पहल मा बन्दै गरेको रहेछ।यो पर्यट्किय क्षेत्रहरू भएकोले यो सम्पन्न गर्न कोलागी राज्य को पनि ध्यान जावोस।
यसपछी हामि अबलोकन भ्र्मण को क्रममा बर्दिया को रास्टृय निकुन्ज तर्फ लाग्यौ।२०८१र२० गते साझ बर्दिया जिल्लाको टाइगर भिल्ला रिसोर्टमा बास बस्यौ।यो होटलमा हामिले अबलोकन गरे अनुसार स्थानीय स्रोत र सामाग्री मा आधारित लोकल खानाको ब्यबस्था रहेछ।यहाँ पाइने अरु सेवा सुबिधा मा ,माछा ,खशिको मासु,जङ्गल सफारी को ब्यबस्था ,आदि रहेछन् ।यो रिसोर्ट का प्रबन्धक भारती घिमिरे सङ्ग मैले केही भला कुसारी गरेकी थिए उहाले हाम्रो रिसोर्ट सम्म आइपुग्न बाटो को त्यति सुबिधा छैन,बन सफारी को लागि एक द्वार प्रणाली ले पुग्दैन ,यो क्षेत्र को प्रचार प्रसार को लागि मिडिया का साथीहरू पनि आएर अबलोकन गरि सत्त्त्य तत्थ्य समाचार सम्प्रेषण गरिदिन जरुरी छ।यो रिसोर्टमा अस्ट्रेलियन ,युरोपेली, इन्डियन ,लगायत विभिन्न देसका प्रयट्क हरु आउने गर्छन। हाम्रो रिसोर्ट लाई अब घथ्री स्टार मा लैजाने योजना छ भनिन् ।महिला हरु किन होटल बयबसाय मा लाग्न जरुरी छ भनि प्रस्न गर्दा केही काम सिक्न र सन्तान को भबिस्यको लागि केही त गर्नु पर्यो नि भनेर उनले बताइन् ।
भोलिपल्ट मिति२०८२।१। २१ गते हामी ठाकुरबाबा नगर पालिका वाड नम्बर ९ मा रहेको बर्दिया रास्तृय निकुञ्ज को जङ्गल सफारी को यात्रा तिर लाग्यौ।यो निकुञ्ज ले ओगटेको क्षेत्रफल ९६८बर्ग किमि रहेछ।यो क्षेत्रमा ४र५किसिमका चराहरु जस्तै ,कालो भुडिफोर,सेतो भुडिफोर,मयुर, बनकुखुरा आदि पाइदो रहेछ।जनावर हरुमा बाघ, भालु, हात्ती, गैडा,मृग,जरायो,बँदेल ,लगुना र,बादर,जस्ता जनावर हरु यो निकुञ्ज भित्र रहेछन् ।हाल सम्सारमा पाइने ५ प्रकारका बाघ हरु मध्ये नेपालमा पाइने पाटे बाघ एक मात्रै हो।हाल बिस्वमा २५००वटा मात्रै गैडा बाकी छन्् गैडाहरु सामान्यतया ४० देखि ५० बर्ष सम्म बाच्दा रहेछन् ।
जङ्गल सफारी गर्दा कत्तिको चुनौती छ भनी मैले स्थानीय बासिन्दा मनपाठी थारु लाई प्रस्न गरे,प्रतिउत्तरमा उनले यस्तो भने ,हामिलाइ धेरै चुनौती छ ।कहिले काहीँ जनावर सङ्ग जम्का भेट हुन्छ ,धेरै डर लाग्छ्,जनावर पनि चिच्याउछ ,तर कुनै घटना घटेको छैन भनेर उनले जबाफ दिए।
यसपछि हामी फेरि टाइगर रिसोर्ट मा पुग्यौ र खाना खाएर हाम्रो टोलि भैरहवा को लागि प्रस्थान गर्यौ।
यसरी हाम्रो अबलोकन भ्रमण का मेरो स्मरण मा भएका र केही स्थानीय ब्यक्ति बाट टिपोर्ट गरिएका कुराहरु मैले राख्ने प्रयास गरे।यात्रा अबधि भर मलाइ प्रत्यक्ष ,अप्रत्यक्ष रुपमा साथ सहयोग र मार्ग दर्शन गर्नु हुने सम्पुर्ण साथी हरु प्रती हार्दिक आभार तथा कृतज्ञता प्रकट गर्दछु।यात्रा सस्मरण को लागि लिपिबद्ध रुपमा उतार्ने सानो प्रयास को अबसरको लागि यसै सहकारी का सचीव ,तथा आर्थिक यातायात ब्यबस्थापन का सम्योजक अनिल ज्ञवाली ज्यु, त्यसै गरि सहकारी का उपाध्यक्ष तथा होटल ब्यबस्थापन का सम्योजक नारायण प्रसाद भन्डारी ज्य,र सहकारी का अद्द्यक्ष भ्रमण सम्योजक खिम बहादुर खत्री ज्यु लाई हार्दिक धन्यवाद दिदै छुटाउनै नहुने तथा छुट हुन गएका कुराहरू को मार्ग दर्शन हुने बिश्वास का साथ अहिले लाई यत्तिनै।