logo
  • २३ कार्तिक २०८३ , आइतबार
    • ट्रेन्डिङ

    भानु माध्यमिक विद्यालयमा अभिभावक प्रशिक्षण एवम् अन्तरक्रिया


    १ जेष्ठ २०८२ , बिहिबार

    भानु माध्यमिक विद्यालयमा अभिभावक प्रशिक्षण एवम् अन्तरक्रिया

    लुम्बिनीखबर
    भैरहवा, १ जेठ । भानु माध्यमिक विद्यालय सिद्धार्थनगर नगरपालिका ९, रुपन्देहीले विद्यालयको शैक्षिक सुधारका लागि विभिन्न कार्यक्रमहरु सञ्चालन गरिहेको छ ।
    बिद्यालय व्यवस्थापन समितिको २०८२।०१।०५ गतेको बैठकबाट भएको निर्णयअनुसार
    २०८२।०१।२८ गते आइतबार शिक्षक–कर्मचारी, विद्यालय व्वस्थापन समिति र शिक्षक अभिभावक संघ बीचमा अन्तरक्रियात्मक बैठक सम्पन्न गरेको हो ।
    जसमा गत शैक्षिक सत्र २०८१ को समिक्षा गर्नुका साथै २०८२ मा शिक्षक आन्दोलनका कारण विगत वर्षहरूमा जस्तै गरि शैक्षिक सत्रको सुरूमा आभिभावक भेटघाट कार्यक्रम लिएर आफ्नो सेवा क्षेत्रमा पुग्न नसकेको सम्वन्धी प्रसंगमा पनि छलफल भएको थियो ।


    यस कार्यलाई आवश्यकतानुसार क्षेत्रगत अभिभावक भेट गरि सुझाव सल्लाह लिने निर्णय समेत भएको थियो । बिद्यालयमा यसवर्ष कक्षा २ सम्म सबै अंग्रेजी माध्यमा , कक्षा ३ , ६ र ७ मा अंग्रेजी र नेपाली दुबै माध्यममा पठन पाठान सुचारू रहेको तर अभिभावकको माग भएता पनि कक्षा कोठाको अभावका कारण बककाकी कक्षामा अंग्रेजी माध्यम संचालन गर्न साथै कुनै पनि कक्षामा सेक्सन चलाउने गरी बिद्यार्थी भर्ना लिन सम्भव नभएकोले नेपाली माध्यममा र एक एक सेक्सनमा मात्र कक्षा संचालन भएको विद्यालय व्यवस्थापन समितिले जनाएको छ ।
    तर आगामी दिनमा अधुरो भवनले पूर्णता पाउदा साथ अंग्रेजी माध्यमलाई र सेक्सन चल्नेगरी क्रमशः कक्षावढाउदै लाने समेत निर्णय भएकोले हाल सोही अनुसार कक्षाहरूको पठन पाठन संचालन भइरहेको प्रधानाध्यापक मोतीलाल सुवेदीले जानकारी दिनुभयो । प्रधानाध्यापक सुवेदीको भनाइ अनुसार आगामी दिनमा बिद्यालयलाई थप व्यवस्थित गर्दै लाने गरि कार्यक्रमको योजना र कार्यान्वनमा क्ःऋ, एत्ब् र शिक्षक कर्मचारी सबैले आ – आफ्ना तर्फबाट भूमिका निवाउने प्रतिवद्धता पनि गरिएको छ ।’
    बिद्यालयले २०८२। ०१।२९ गते बुद्ध जयन्तिका दिन अभिभावकहरूको बृहत भेला गराई प्रशिक्षण सहितको अन्तरक्रिया तथा छलफल कार्यक्रम सम्पन्न गरेको छ । उक्त अवसरमा सिद्धार्थनगर नगरपालिकाका शिक्षा प्रमुख उपसचिव श्री चेतनशील लम्साल र शिक्षा विकास तथा समन्वय इकाइ रूपन्देहीका शाखा अधिकृत श्री अमर बहादुर के. सी ले अभिभावकहरूलाई सहजिकरण गर्नु भएको थियो ।
    कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष फैज अहमद खानको अध्यक्षता र अभिभावक संघका अध्यक्ष सलाउद्दिन पठानको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रममा सहज कर्ताहरू द्वयबाट सहजीकरण र अन्तरक्रिया गराउने कार्य सम्पन्न भएको थियो ।
    विद्यालय समिति र अभिभावकशंघका सदस्यहरू उपस्थित कार्यक्रममा अभिभावकहरूको भव्य उपस्थित र सकृय सहभागिता रहेको थियो । अन्तरक्रिया कार्यक्रम अध्यक्षले धन्यबाद सहित समापन गर्नुभएको थियो भने संचालन बिद्यालयका विद्यालयका प्रधानाध्यापक सुवेदी गर्नु भएको थियो ।

    सम्बन्धित समाचार
    ताजा अपडेट

    Krisha Sanchar Griha P. LTD.
    SiddharthaNagar-12, Rupendehi
    E-mail: elumbinikhabar1@gmail.com
    Contact: 9851351793
    Department of Information and
    Broadcasting Regd. No:3214/78/79
    Press Council Registration No. 3262/2078/079

    हाम्रो टिम

    Executive Editor:
    Akash Chaudhary  (Kuldeep)
    News Coordinator :
    Bishan Gurung

    Copyright © All right reserved to elumbinikhabar.com Site By: SobizTrend.