रुबिना थापा
परिचय
गर्भावस्था महिलाको जीवनको अत्यन्त महत्वपूर्ण अवस्था हो । यो अवधिमा महिलाहरू शारीरिक, मानसिक र भावनात्मक रूपमा ठूला परिवर्तनहरूको सामना गर्छन् । स्वस्थ मातृत्व सुनिश्चित गर्न, गर्भावस्थाका चुनौतीहरू बुझ्नु र तिनीहरूको समाधान खोज्नु अत्यावश्यक छ । गर्भावस्था र प्रसूति पछिको समय महिलाको जीवनको अत्यन्तै संवेदनशील चरण मानिन्छ । यो समय शारीरिक परिवर्तन मात्र नभइ मानसिक स्वास्थ्यका लागि पनि अत्यन्तै चुनौतीपूर्ण हुन्छ । नेपाल जस्तो देशमा यस्ता विषयहरुलाई उपेक्षा गरिएको हुन्छ । राज्यको उपेक्षाका कारण गर्भावस्थाका महिलाहरु मानसिक रुपमा समस्या देखिन्छन् ।
मानसिक रुपमा समस्यामा पुगेका महिलाहरुलाई मनोपरामर्सका लागि समेत यहाँ मनोचिकित्सकहरूको अभाव छ । ग्रामीण क्षेत्रमा यो समस्या अझ गम्भीर छ । जहाँ महिलाहरूले मानसिक स्वास्थ्य सेवा समेत पाएका हुदैनन् । गर्भावस्था र प्रसूतिपछिको मानसिक स्वास्थ्यका साथै हर्मोनल परिवर्तनले महिलाहरुलाई विभिन्न समस्या सृजना गरेको हुन्छ ।
मानसिक स्वास्थ्यका चुनौतीहरू
गर्भावस्थाको क्रममा महिलाहरूले विभिन्न मानसिक स्वास्थ्य सम्बन्धी समस्याहरू भोग्न परेको छ । पारिवारिक अपेक्षा र सामाजिक संस्कारका कारण पनि महिलाहरूमा आत्मविश्वासको कमी देखिन्छ । आमा बन्ने महिलामा विभिन्न प्रकारका तनावका कारण विभिन्न चुनौतीहरुको विकास भएको देखिन्छ । यो अवस्थामा हार्मोनका उतार–चढाव र सामाजिक कुसंस्कारका कारण समेत महिलाहरूमा डिप्रेशनको जोखिम बढ्छ । गर्भधारणको समय महिलाहरूमा बच्चाको स्वास्थ्य, प्रसूतिको प्रक्रिया र पारिवारिक अपेक्षाहरूको कारण असुरक्षा र चिन्ता उत्पन्न हुन्छ । यसले उनीहरूको दिनचर्या र मानसिक सन्तुलनमा असर पर्छ । यस प्रति परिवार तथा साथी संगीहरुले हौसल्लाह तथा आत्मबल प्रदान गर्न जरुरी छ । गर्भावस्थाको हरेक चरणमा महिलालाई शारीरिक तथा सामाजिक परिवेशसँग जुध्नुपर्ने हुन्छ, जसले तनाव बढाउन सक्छ । हर्मोनल परिवर्तन, शारीरिक असहजता, आर्थिक समस्याहरू र पारिवारिक दबाबका कारण गर्भवती महिलामा डिप्रेशन हुन सक्छ । गर्भावस्थाका हर्मोनल परिवर्तनहरूले महिलालाई अस्थिर मानसिक अवस्थासँग जुध्न बाध्य पार्न सक्छ । शारीरिक परिवर्तनहरू, प्रसवपछिको जीवनको चिन्ता र मातृत्वका जिम्मेवारीहरूबारे अन्योलले महिलाको आत्मविश्वासमा असर पु¥याउन सक्छ ।
शारीरिक स्वास्थ्यका चुनौतीहरू
गर्भावस्थाको समयमा महिलाले विभिन्न शारीरिक स्वास्थ्य चुनौतीहरू सामना गर्नुपर्छ । महिलाको मानसिक स्वास्थ्यका चुनौतीहरूमहिला जीवनका हरेक चरणमा मानसिक स्वास्थ्य महत्वपूर्ण हुन्छ । गर्भावस्था र मातृत्वको यात्रा भने महिलाको लागि भावनात्मक रूपमा अत्यन्तै संवेदनशील र चुनौतीपूर्ण समय हो । गर्भावस्थामा महिलाको शरीर र मनमा थुप्रै परिवर्तनहरू हुन्छन् । शारीरिक असुविधा, हार्मोनको उतार–चढाव, र नवजात शिशुको तयारीको तनावले मानसिक स्वास्थ्यमा गहिरो प्रभाव पार्न सक्छ । यस समयमा डिप्रेसन र एन्क्जाइटीजस्ता समस्या महिलाहरूमा सामान्य देखिन्छ । समाजका मान्यताहरूले महिलालाई मानसिक रूपमा दबाबमा राख्न सक्छ । “आदर्श आमा” बन्ने प्रयासमा महिलाहरू आफ्नो मानसिक स्वास्थ्यको ख्याल गर्न बिर्सन्छन् । परिवारले भावनात्मक र व्यवहारिक समर्थन प्रदान गरेमा महिलाको तनाव कम हुन्छ । सन्तुलित आहारको अभावमा महिला तथा भ्रुण दुवैलाई कुपोषणको समस्या हुन सक्छ । गर्भावस्थामा उच्च रक्तचाप (प्रेग्नेन्सी इन्ड्यूस्ड हाइपरटेन्सन) तथा मधुमेह
(गेस्टेसनल डाइबिटीज) हुन सक्छ । शरीरमा रगतको अभाव, पोषण तत्वहरूको कमी तथा शारीरिक भारका कारण महिलाहरू थकान महसुस गर्न सक्छन् । अनुचित जीवनशैली, पोषणको कमी वा चिकित्सकीय हेरचाहको अभावका कारण असमयमै प्रसव हुने सम्भावना रहन्छ ।
समाधानका उपायहरू
मानसिक स्वास्थ्य प्रवद्र्धनः ध्यान, योग, सकारात्मक सोच, तथा परिवार र साथीभाइसँग खुला संवादले मानसिक स्वास्थ्य सुधार गर्न सक्छ । फलफूल, हरियो सागसब्जी, प्रोटिनयुक्त खानेकुरा तथा पर्याप्त पानी सेवन गर्नुपर्छ । गर्भावस्थामा नियमित रूपमा स्वास्थ्य जाँच गराई समस्या भएमा प्रारम्भिक उपचार लिनु महत्त्वपूर्ण छ । पतिका साथ, परिवार तथा समाजबाट सहयोग प्राप्त हुँदा महिलाहरूलाई मानसिक तथा शारीरिक रूपमा राहत महसुस हुन्छ । हल्का व्यायाम तथा योगले गर्भवती महिलाको स्वास्थ्यलाई सकारात्मक प्रभाव पार्न सक्छ ।
गर्भावस्थामा नियमित चेकजाँच
गर्भावस्थाको बेलामा महिलाहरुले विशेष गरी नियमित स्वास्थ्य जाँच गराउनु पर्छ । आफूलाई पायक पर्ने स्वास्थ्य संस्था, अस्पतालमा गई नियमित जाँच गराउदा आमा र बच्चाको स्वास्थ्यमा आइपर्ने जटिल समस्याहरुबाट जोगिन सक्छ । अन्धविश्वासले नेपालका पहाडी जिल्लाहरुमा आमा र बच्चाको स्वास्थ्य बिग्रिएको हामी सामाजिक सञ्जाल मार्फत सुन्दै आएका छौँ । त्यसैले गर्भमा बच्चा रहेको सभ्भव भए १ महिना नभए ३ महिना पश्चात बच्चाको अवस्था के कस्तो छ भनेर भिडियो एक्स रे गरेर हेर्न सकिन्छ र आमा र बच्चा दुबै जनाको स्वास्थ्य स्थिति बुझ्न सजिलो हुन्छ ।
निष्कर्ष
गर्भावस्था एक प्राकृतिक प्रक्रिया भए पनि यो महिलाका लागि चुनौतीपूर्ण समय हो । मानसिक तथा शारीरिक स्वास्थ्यलाई सन्तुलित राख्न उचित खानपान, व्यायाम, चिकित्सकीय परामर्श तथा सकारात्मक मानसिकता आवश्यक छ । परिवार, समाज तथा स्वास्थ्यकर्मीहरूको साथ र सहयोगले गर्भवती महिलाहरूलाई स्वस्थ मातृत्वतर्फ अघि बढाउन सकिन्छ ।
स्वास्थ्यकर्मीको परामर्शः नियमित स्वास्थ्य परीक्षण र मानसिक स्वास्थ्य विशेषज्ञको परामर्श लिनु उपयोगी हुन्छ । आत्म–देखभालः ध्यान, योग, र समयमै आरामले मानसिक स्वास्थ्य सुधार गर्न सहयोग पु¥याउँछ । महिलाहरूको यो जीवनकालीन यात्रालाई सहज बनाउन मानसिक स्वास्थ्यलाई प्राथमिकता दिनु आवश्यक छ । सही समर्थन र जागरुकताले महिलाको मानसिक स्वास्थ्यलाई सुदृढ गर्न सकिन्छ ।