logo
  • २४ कार्तिक २०८३ , सोमबार
    • ट्रेन्डिङ

    भैरहवा–तौलिहवा सडकखण्डमा दुःखद दुर्घटना, दुईको ज्यान गयो, चार घाइते


    २ जेष्ठ २०८२ , शुक्रबार

    भैरहवा–तौलिहवा सडकखण्डमा दुःखद दुर्घटना, दुईको ज्यान गयो, चार घाइते

    अन्जना चौहान


    लुम्बिनी, जेठ २ । भैरहवा–तौलिहवा हुलाकी सडकखण्डअन्तर्गत रूपन्देहीको लुम्बिनी सांस्कृतिक नगरपालिका–६, लोखडिया क्षेत्रमा भएको सवारी दुर्घटनामा दुई जनाको मृत्यु भएको छ भने चार जना घाइते भएका छन्।

    प्रहरीका अनुसार, उक्त दुर्घटना हिजो राति जेठ १ गते राति १२ बजे भएको हो। भैरहवाबाट तौलिहवातर्फ जाँदै गरेको लु १ ज ४७२० नम्बरको पिकअप र विपरित दिशाबाट आइरहेको भारतीय यूपी ५३ डिएक्स ५२१४ नम्बरको कार एकआपसमा ठोक्किँदा दुर्घटना भएको हो।

    लुम्बिनी इलाका प्रहरी कार्यालयका निरिक्षक दीपक मगराठीको कमाण्डमा खटिएको १० जनाको टोलीले तत्कालै दुबै सवारी साधनका ६ जनालाई उद्धार गरी भीम अस्पताल, भैरहवा पठाएको थियो। घाइतेमध्ये डाक्टरले २ जनालाई मृत घोषणा गरेका छन्। मृत्यु हुनेमा भारतीय नागरिक सिद्धार्थनगरका ३७ वर्षीय कृष्ण चन्द्र मौर्य र कार चालक अम्बेगनगरका ३५ वर्षीय कलु नागेन्द्र वर्मा रहेका छन्।

    त्यस्तै, कारमा सवार अम्बेगनगरकै २५ वर्षीय प्रदिप यादवको छातिमा गम्भीर चोट लागेको छ। उनको मेडिकल कलेज, भैरहवामा उपचार भइरहेको छ। पिकअपमा सवार रुपन्देहीको सम्मरीमाई गाउँपालिका–४, मोतिपुरका १८ वर्षीय दिपेन्द्र कहारको टाउकोमा गम्भीर चोट लागेको छ। उनको पनि मेडिकल कलेज, भैरहवामा उपचार भइरहेको छ।

    त्यस्तै, सोही पिकअपमा सवार २३ वर्षीय चन्द्रमान कहारको दाहिने हातमा चोट लागेको छ। उनको अवस्था मध्यम रहेको जनाइएको छ। प्रहरीका अनुसार, पिकअप चालकको नाम खुल्न बाँकी रहेको र दुबै सवारी साधन प्रहरीको नियन्त्रणमा राखिएको छ।

    सम्बन्धित समाचार
    ताजा अपडेट

    Krisha Sanchar Griha P. LTD.
    SiddharthaNagar-12, Rupendehi
    E-mail: elumbinikhabar1@gmail.com
    Contact: 9851351793
    Department of Information and
    Broadcasting Regd. No:3214/78/79
    Press Council Registration No. 3262/2078/079

    हाम्रो टिम

    Executive Editor:
    Akash Chaudhary  (Kuldeep)
    News Coordinator :
    Bishan Gurung

    Copyright © All right reserved to elumbinikhabar.com Site By: SobizTrend.