logo
  • २४ कार्तिक २०८३ , सोमबार
    • ट्रेन्डिङ

    तस्कर नियन्त्रण गर्न नसक्ने प्रहरीले भन्सार नियन्त्रण गर्न खोजेपछि…


    ७ जेष्ठ २०८२ , बुधबार

    तस्कर नियन्त्रण गर्न नसक्ने प्रहरीले भन्सार नियन्त्रण गर्न खोजेपछि…

    लुम्बिनीखबर
    भैरहवा, ७ जेठ । तस्कर नियन्त्रण गर्न नसक्ने रुपन्देही प्रहरीले भन्सार कार्यालय नियन्त्रण गर्न खोजे पछि भन्सारक्षेत्र आंतकीत बनेको छ ।
    बुधवार ७ गते विहानै प्रहरी भन्सार क्षेत्र भित्र प्रवेश गरि औद्योगिक क्षेत्रमा पुग्ने मालवाहक ढुवानी साधनलाई रोक्ने आदेश भएको भन्दै प्रहरी तैनाथ भएपछि भैरहवा भन्सार कार्यालयमा तनाव श्रृजना भएको हो ।
    ईलाका प्रहरी कार्यालय बेलहियाका प्रहरी निरीक्षक मुकेश न्यौपानेको कमाण्ड खटिएको प्रहरी टोलिले भैरहवा भन्सार कार्यालयका भन्सार प्रमुख रामप्रसाद रेग्मीलाई भन्सार क्षेत्रबाट बाहिर निस्कने मालवाहक ढुवानीका साधनहरु रोक्ने निर्देशन माथीबाट आएको भन्दै सुचना गरेपछि भन्सार कार्यालयमा काम गर्ने कर्मचारीहरुमा त्रास श्रृजना भएको हो ।
    भन्सार ऐन २०६४ ले भन्सार क्षेत्र भित्र भन्सार कर्मचारी वाहेकका व्यक्ति वा संस्थाले कुनै पनि गतिविधि वा समस्या श्रृजना गर्न नपाईने नियम भएपनि प्रहरीले आफ्नो अधिकार क्षेत्र भन्दा वाहिर गएर भन्सार बाट निस्कने मालवाहक ढुवानी साधनलाइ रोक्न खोजेको भैरहवा भन्सार कार्यालयले जनाएको छ ।
    भन्सार ऐन २०६४ ले भन्सार भएर निस्कने मालवाहक ढुवानी साधनलाइ समेत अनुसन्धान गर्ने निकाय वाहेक अन्यले चेकजाच गर्ने अधिकार नभएको भैरहवा भन्सार कार्यालयको सुचना शाखाले जनाएको छ ।
    जेठ ६ गते रुपन्देहीका प्रमुख जिल्ला अधिकारी बासुदेव घिमिरेको नेतृत्वमा जिल्ला स्थित रहेका सुरक्षा निकाय र ढुवानी व्यवसायी विच ओभर लोड बोक्ने मालवाहक ढुवानी साधनलाइ रोक्ने र भारमिलान गर्ने निणर्य भएपछि प्रहरीले कार्यान्वयनका लागि कार्यक्षेत्रमा खटिएको हो ।
    प्रमुख जिल्ला अधिकारीले नीजिक्षेत्रको सहभागिता विना बैठक बसेर औद्योगिक क्षेत्र सम्म पुग्ने मालवाहक ढुवानी साधनलाइ रोक्ने निर्देशन दिनु दादागिरी भएको सिद्धार्थ उद्योग वाणिज्य संघले जनाएको छ ।
    संघले रुपन्देही भित्रका औद्योगिक क्षेत्रमा पुग्ने मालवाहक ढुवानी साधनलाइ भन्सार क्षेत्रमा भारमिलान अन्याय हुने बताएको छ । संघका अध्यक्ष नेत्र प्रसाद आचार्यले यो अव्यवहारिक र उद्योगलाई बन्द गराउने नियोजित कार्य भएको भन्दै विरोध गरेका छन् ।
    भैरहवा भन्सार एजेन्ट संघले पनि प्रहरीको मिलोमतोमा ४० प्रतिशत भन्दा बढि नेपाल भित्रिने समानहरु तस्करी हुने गरेको भन्दै तस्करी नियन्त्रणमा प्रहरीको तप्परता नदेखिने तर भन्सारलाई कमजोर गराउने कार्य गर्नु गतल भएको जनाएको छ ।
    भैरहवा भन्सार एजेन्ट संघका अध्यक्ष मधु प्रसाद पन्थीले प्रमुख जिल्ला अधिकारीको निर्देशात्मक परिपत्र यहाँका उद्योग व्यवसायी तथा भन्सार कार्यालयको विरुद्धमा रहेको बताए । उनले रुपन्देही भित्र सम्म चल्ने मालवाहक ढुवानी साधनलाई भार मिलान गर्न असम्भव भएको जानकारी दिए ।
    भैरहवा भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत रामप्रसाद रेग्मीले भन्सार कार्यालय कुनैपनि संस्था वा व्यक्तिको निर्देशनमा काम गर्न वाध्य नहुने बताए ।
    रुपन्देहीमा अहिले पनि भन्सार क्षेत्रभित्र भन्दा धेरै भारतीय समानहरु प्रहरीको मिलोमतोमा तस्करीको बाटो हुदै नेपाल भित्रिने गरको छ । पछिल्लो चरणमा साना तस्करलाई रोक्न प्रहरीले खोजेपनि ठुला तस्करहरुको उठबस प्रहरीका अधिकृत संग निरन्तर हुने गरेको छ ।

    सम्बन्धित समाचार
    ताजा अपडेट

    Krisha Sanchar Griha P. LTD.
    SiddharthaNagar-12, Rupendehi
    E-mail: elumbinikhabar1@gmail.com
    Contact: 9851351793
    Department of Information and
    Broadcasting Regd. No:3214/78/79
    Press Council Registration No. 3262/2078/079

    हाम्रो टिम

    Executive Editor:
    Akash Chaudhary  (Kuldeep)
    News Coordinator :
    Bishan Gurung

    Copyright © All right reserved to elumbinikhabar.com Site By: SobizTrend.