logo
  • २६ कार्तिक २०८३ , बुधबार
    • ट्रेन्डिङ

    ठूलो परिमाणको कृत्रिम यौन खेलौनासहित भारतीय गाडी पक्राउ


    ३० जेष्ठ २०८२ , शुक्रबार

    ठूलो परिमाणको कृत्रिम यौन खेलौनासहित भारतीय गाडी पक्राउ

    लुम्बिनीखबर
    भैरहवा, ३० जेठ । तीन दिन अघि भैरहवा नाकाबाट नेपाल आएको भारतीय एक गाडीसहित रुपन्देही प्रहरीले २४ लाख रुपैयाँ भन्दा बढि मूल्यको कृत्रिम यौन खेलौना (सेक्स टोय) बरामद गरेको छ । उक्त गाडी नेपाल आएर सामान लोड गरेर फर्किंदै गर्दा मंगलबार नियन्त्रणमा लिइएको थियो ।
    प्रहरीले गाडी चालक र सहयोगी समेत गरि दुईजना भारतीय नागरिकलाई पनि नियन्त्रणमा लिएको छ । यति धेरै मूल्य र परिमाणको कृत्रिम यौन खेलौना पक्राउ गरेको रुपन्देही प्रहरीले यो पहिलो पटक हो । अवैध रुपमा भैरहवा नाका हँुदै नेपालबाट उक्त कृत्रिम यौन खेलौना भारततर्फ लैजान लागिएको दावी प्रहरीको छ ।
    युके १८ सीए २५७५ नम्बरको भारतीय गाडीमा राखेर काठमाडौंबाट सुनौली हुँदै भारततर्फ लैजान लागिएको १ हजार ३ सय ६९ थान कृत्रिम यौन खेलौना रुपन्देही प्रहरीले भैरहवा भन्सार नाका नजिकै भैरहवा–परासी हुलाकी सडक खण्ड अन्तर्गत बाइपासबाट पक्राउ गरेको हो ।
    उक्त कृत्रिम खेलौना र गाडीसहित प्रहरीले गाडी चालक र सहयोगी भारतको उतर प्रदेश बिजनौर जिल्लाको रामपुर थानाका ४५ बर्षिय नसिब अहमद रदेश र भारत उतर प्रदेश कन्नौउ जिल्ला पूर्वा गाउँ मंगत खडा थाना निवासी २६ बर्षिय देबेन्दर कुमार सिंहलाई पनि नियन्त्रणमा लिएको छ ।
    जिल्ला प्रहरी कार्यालय रुपन्देहीका डिएसपी गणेश सापकोटाले प्रहरीले बिना बिलबिजकको ति सामान अवैध रुपमा भारत लैजान खोजिएको अवस्थामा जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको बताए ।
    उनका अनुसार, पक्राउ गरिउको कृत्रिम यौन खेलौनाको मूल्य २४ लाख ४५ हजार रुपैयाँ रहेको छ । थप अनुशन्धानका लागि पक्राउ गरिएका सवै सामान, ट्रक र चालकसहितका व्यक्तिलाई राजश्व अनुशन्धान कार्यालय बुटवलमा पठाइएको डिएसपी सापकोटाले बताए ।
    राजश्व अनुशन्धान कार्यालय बुटवलका प्रमुख विवेक घिमिरेले यस्तो केश पहिलो पटक आएकोले बिस्तृत रुपमा अध्ययन भैरहेको र ति सामान काठमाडौंको कहाँबाट र कसले लोड गराएको थियो ? कहाँ लैजान खोजिएको थियो ? लगायतका बिषयमा सोधपुछ र छानबिन गर्न लागिएको जनाए ।
    ‘ति सामानको हालसम्म कुनै पनि बिलबिजक प्राप्त भएको छैन । ति सामान काठामाडौंमा पनि तस्करीको माध्यमबाट भित्रिएको थियो ? वा बैध रुपमा भन्ने वारेमा पनि स्रोतको खोजी गर्दै छौं’, घिमिरेले भने, ‘ढुवानीमा प्रयोग भएको ट्रक तीन दिन अघि भैरहवा नाकाबाट काठमाडौं गएको देखिन्छ ।’ ति सामान कहाँ बनेको ? भन्ने वारेमा केही नखुलेको भए पनि ति सामान भारत हुँदै नआएकोले चीनबाट आएको हुनसक्ने सम्भावना रहेको उनले बताए ।

     

    सम्बन्धित समाचार
    ताजा अपडेट

    Krisha Sanchar Griha P. LTD.
    SiddharthaNagar-12, Rupendehi
    E-mail: elumbinikhabar1@gmail.com
    Contact: 9851351793
    Department of Information and
    Broadcasting Regd. No:3214/78/79
    Press Council Registration No. 3262/2078/079

    हाम्रो टिम

    Executive Editor:
    Akash Chaudhary  (Kuldeep)
    News Coordinator :
    Bishan Gurung

    Copyright © All right reserved to elumbinikhabar.com Site By: SobizTrend.