logo
  • ६ असोज २०८३ , मंगलबार
    • ट्रेन्डिङ

    थाइल्यान्डमा अन्तर्राष्ट्रिय तेक्वान्दो च्याम्पियनसिपमा रियाशा र अन्शिकाको शानदार सफलता


    २६ साउन २०८२ , सोमबार

    थाइल्यान्डमा अन्तर्राष्ट्रिय तेक्वान्दो च्याम्पियनसिपमा रियाशा र अन्शिकाको शानदार सफलता

    पशुपति यादव । लुम्बिनीखबर

    रोहिणी, साउन । आठौँ हिरोज अन्तर्राष्ट्रिय तेक्वान्दो च्याम्पियनसिपमा नेपालले शानदार प्रदर्शन गरेको छ । थाइल्यान्डमा सम्पन्न भएको प्रतियोगितामा नेपालको प्रतिनिधित्व गर्दै खेलाडी रियाशा यादव र अन्शिका यादवले शानदार प्रदर्शन गरी सफलता प्राप्त गरेकी छन् ।
    थाइल्यान्डको पटायामा आइतबार भएको प्रतिस्पर्धामा रियाशाले दुई विधामा स्वर्ण पदक जितेकी हुन् । ४४ के।जी तौल समूहमा स्वर्ण पदक जितेकी हुन्  भने अर्को , १२ देखि १४ वर्ष उमेर समूहको पुम्से विधामा रियाशाले कास्य पदक हात पारेकी हुन् ।
    प्रतियोगितामा अर्की खेलाडी अन्शिकाले उत्कृष्ट प्रदर्शन १७ वर्षमुनिको समुहको प्रतिस्पर्धामा पुम्से विधामा रजत पदक जितेकी छन् भने दाङका टाइसन विष्ट र बसन्त विष्ट स्वर्ण पदक, पूर्व रुकुमका शुभम के.सी रजत पदक , रोल्पाका आयुशा ठकुरी रजत पदक, अस्मिता बुढा मगर स्वर्ण पदक र निशा पुन मगर काश्य पदक जितेको अन्तर्राष्ट्रिय निर्णायक राकेश यादवले जानकारी दिनुभयो । पटायामा भएको प्रतियोगितामा २७ राष्ट्रका ३ हजार भन्दा बढी खेलाडीहरुको सहभागीता रहेको थियो । रियाशा र अन्शिका भैरहवामा रहेको क्रिएटिभ तेक्वान्दो डोजाङमा प्रशिक्षण लिइरहेका छन् ।

    सम्बन्धित समाचार
    ताजा अपडेट

    Krisha Sanchar Griha P. LTD.
    SiddharthaNagar-12, Rupendehi
    E-mail: elumbinikhabar1@gmail.com
    Contact: 9851351793
    Department of Information and
    Broadcasting Regd. No:3214/78/79
    Press Council Registration No. 3262/2078/079

    हाम्रो टिम

    Executive Editor:
    Akash Chaudhary  (Kuldeep)
    News Coordinator :
    Bishan Gurung

    Copyright © All right reserved to elumbinikhabar.com Site By: SobizTrend.