logo
  • २४ कार्तिक २०८३ , सोमबार
    • ट्रेन्डिङ

    रुपन्देहीमा दिउँसोमा निषेधाज्ञा र रातिमा कफ्र्यु आदेश जारी


    २७ भाद्र २०८२ , शुक्रबार

    रुपन्देहीमा दिउँसोमा निषेधाज्ञा र रातिमा कफ्र्यु आदेश जारी

    लुम्बिनीखबर
    भैरहवा, भदौ । रुपन्देही जिल्लामा भदौ २७ जिल्ला सुरक्षा समिति बैठकले दिउँसोमा निषेधाज्ञा र रातिमा कफ्र्यु लगाउने निर्णय गरेको छ ।
    निषेधाज्ञा हरेक दिन विहान ६ बजेदेखि राति १० बजेसम्म लागू गरिएको छ भने राति १० बजेदेखि विहान ६ बजेसम्म कफ्र्यु रहने छ । निषेधाज्ञा र कफ्र्यु अर्को आदेश नहुँदासम्म यथावत रहने रुपन्देहीका प्रमुख जिल्ला अधिकारी डा.टोकराज पाण्डेले बताउनुभयो । निषेधाज्ञा अवधिभर पाँच जनाभन्दा बढी व्यक्ति भेला जम्मा भई अनसन, धर्ना, घेराउ, जुलुस, प्रदर्शन तथा सभा जस्ता विरोधका कार्यक्रम गर्न पाइने छैन ।
    रुपन्देहीका प्रमुख जिल्ला अधिकारी डा.पाण्डेका अनुसार, स्थानीय प्रशासन ऐन २०२८ को दफा २६ ‘क’ बमोजिम यो आदेश जारी गरिएको हो । कफ्र्यु अवधिमा कसैले आवतजावत गर्ने, भेला, जुलुस, प्रदर्शन, सभा, बैठक वा घेराउ गरेमा प्रचलित कानूनअनुसार कडा कारबाही गरिने जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।


    प्रमुख जिल्ला अधिकारी डा. पाण्डेले जिल्लाका विभिन्न क्षेत्रमा हुन सक्ने प्रदर्शन, जुलुस, हुलदङ्गा तथा झडपका कारण शान्ति सुरक्षामा खलल पुग्ने सम्भावनालाई मध्यनजर गर्दै कफ्र्यु आदेश जारी गरिएको बताउनुभयो । उहाँले शान्ति र सुरक्षा कायम राख्न सबैलाई सहयोग गर्न आग्रह गर्नुभएको छ ।

    सम्बन्धित समाचार
    ताजा अपडेट

    Krisha Sanchar Griha P. LTD.
    SiddharthaNagar-12, Rupendehi
    E-mail: elumbinikhabar1@gmail.com
    Contact: 9851351793
    Department of Information and
    Broadcasting Regd. No:3214/78/79
    Press Council Registration No. 3262/2078/079

    हाम्रो टिम

    Executive Editor:
    Akash Chaudhary  (Kuldeep)
    News Coordinator :
    Bishan Gurung

    Copyright © All right reserved to elumbinikhabar.com Site By: SobizTrend.