लुम्बिनीखबर
भैरहवा, ८ असोज । ( सहकारी ऐन, २०७४ तथा संगठित अपराध निवारण ऐन, २०७० बमोजिमको कसुरमा भक्तपुर जिल्ला अदालतको आदेशबाट पुर्पक्षका लागि नख्खु कारागारमा रहेका प्रतिवादी बाँके जिल्ला, खजुरा गाउँपालिका ६ (स्थायी) हाल काठमाडौं महानगरपालिका ४, सुकेधारा बस्ने वर्ष ५० केदारनाथ शर्मा आन्दोलनको क्रममा भागी फरार भएका थिए। उनलाई प्रहरीको विशेष टोलीले असोज ८ गते (आज) ललितपुर महानगरपालिका २, सानेपाबाट पक्राउ गरेको छ।
शिव शिखर बहुउद्देश्यीय सहकारी संस्था लि., भक्तपुरका संचालक रहेका शर्मा नख्खु कारागारबाट आन्दोलनको मौका छोपी फरार भएका थिए। प्रहरीले उनलाई पक्राउ गरी नख्खु कारागार कार्यालयमा बुझाएको छ। प्रहरीले घटनाको थप अनुसन्धान गरिरहेको जनाएको छ।