logo
  • ११ साउन २०८३ , सोमबार
    • ट्रेन्डिङ
    Elumbini Khabar

    Advertisment

    SKIP THIS

    चिसो बढेसंगै मर्चवारीमाई गाउँपालिकाद्वारा चोक–चोकमा दाउरा बाल्ने व्यवस्था


    १८ पौस २०८२ , शुक्रबार

    चिसो बढेसंगै मर्चवारीमाई गाउँपालिकाद्वारा चोक–चोकमा दाउरा बाल्ने व्यवस्था

    असलम खान । लुम्बिनीखबर
    मर्चवार, पुस । मर्चवारीमाई गाउँपालिकामा शीतलहरको प्रभाव बढेसँगै जनजीवन प्रभावित बनेको छ। चिसो हावाका कारण ग्रामीण क्षेत्रको दैनिक जीवन कष्टकर भएको छ। विशेषगरी बालबालिका, वृद्धवृद्धा र विपन्न समुदाय बढी प्रभावित भएका छन्। स्थानीयवासीहरू बिहानैदेखि घरभित्रै घुर तापेर बस्न बाध्य भएका छन्।
    चिसोको मार बढ्दै गएपछि मर्चवारीमाई गाउँपालिकाले तत्काल राहतका लागि चोक–चोकमा दाउरा बाल्ने व्यवस्था सुरु गरेको छ। गाउँपालिका अध्यक्ष गया प्रसाद बरईले स्वास्थ्य चौकी, प्रहरी चौकी, इलाका प्रहरी कार्यालयलगायत विभिन्न चोकहरूमा दाउरा बाल्ने काम थालिएको जानकारी दिनुभयो। उहाँले भन्नुभयो, “बढ्दो चिसोबाट गाउँपालिकाबासीलाई जोगाउन तत्काल राहत कार्यक्रम सुरु गरेका छौं। प्रत्येक चोकमा दाउरा बालिएको छ र वडासँग समन्वय गरेर सातै वडाका आवश्यक स्थानमा दाउरा वितरण गर्ने तयारी भइरहेको छ।”
    अध्यक्ष बरईका अनुसार, “चिसोबाट कसैको ज्यान जोखिममा नपरोस् भन्ने उद्देश्यले गाउँपालिकाले आफ्नोतर्फबाट सक्दो पहल गरिरहेको छ।”
    यसैबीच, मौसममा आएको अचानक परिवर्तन र निरन्तर चिसो हावाका कारण विद्यालयहरूमा विद्यार्थीहरूलाई केही दिनका लागि बिदा दिइएको छ।

    सम्बन्धित समाचार
    ताजा अपडेट

    Krisha Sanchar Griha P. LTD.
    SiddharthaNagar-12, Rupendehi
    E-mail: elumbinikhabar1@gmail.com
    Contact: 9851351793
    Department of Information and
    Broadcasting Regd. No:3214/78/79
    Press Council Registration No. 3262/2078/079

    हाम्रो टिम

    Executive Editor:
    Akash Chaudhary  (Kuldeep)
    News Coordinator :
    Bishan Gurung

    Copyright © All right reserved to elumbinikhabar.com Site By: SobizTrend.