logo
  • २४ कार्तिक २०८३ , सोमबार
    • ट्रेन्डिङ

    सरोवर एग्रोद्वारा खिचडी पर्वमा दान-दक्षिणासहित कम्बल वितरण


    २ माघ २०८२ , शुक्रबार

    सरोवर एग्रोद्वारा खिचडी पर्वमा दान-दक्षिणासहित कम्बल वितरण

    पशुपति यादव। लुम्बिनीखबर 

    रोहिणी, माघ। रुपन्देही जिल्लाको ओमसतिया गाउँपालिका वडा नम्बर ५ मा अवस्थित सरोवर एग्रो कम्पनीका सञ्चालक सौदागर जयसवालले खिचडी पर्व (मकर संक्रान्ति/खिचडी पर्व) को शुभ अवसरमा दान-दक्षिणासहित कम्बल वितरण गरेका छन्।

    यो कार्यक्रम विशेष गरी मठ-मन्दिरहरूमा बस्ने साधु-सन्त, महन्त तथा अन्य आवश्यक परेका व्यक्तिहरूलाई लक्षित गरी आयोजना गरिएको थियो। स्थानीयवासी छोटेलाल यादवका अनुसार ओमसतिया वडा नम्बर ५ अन्तर्गतका विभिन्न मठ-मन्दिरहरूमा रहेका साधु-सन्तहरूलाई कम्बल तथा दान-दक्षिणा प्रदान गरिएको हो।

    सञ्चालक सौदागर जयसवालले भने, “खिचडी पर्वको यो शुभ अवसरमा तीर्थयात्राको सट्टा चिसोबाट पीडित साधु-सन्त तथा महन्तहरूलाई प्राथमिकता दिई न्यानो कपडा (कम्बल) वितरण गर्नु पुण्यको काम हो। यसले उनीहरूको सेवा र समाजमा सकारात्मक सन्देश फैलाउँछ।”

    कम्बल तथा दान-दक्षिणा प्राप्त गरेपछि साधु-सन्तहरूले खुसी व्यक्त गर्दै आशीर्वाद दिएका थिए। उनीहरूले भने, “अनावश्यक ठाउँमा होइन, वास्तविक आवश्यकता र परोपकारमा सहयोग गर्नु सही हो। यसले समाजलाई अघि बढाउँछ।”

    कार्यक्रममा सरोवर एग्रोका व्यवस्थापक जयप्रकाश सिंहले फजुल खर्चको प्रवृत्ति त्यागेर परोपकारजन्य कार्यमा ध्यान दिनुपर्ने र यस किसिमका चेतना विस्तार गर्नुपर्ने बताए।

    उद्योगका प्रमुख लेखापाल अंशु कर्णले पौराणिक कालदेखि चल्दै आएको दान-दक्षिणाको परम्परालाई जोड दिँदै भने, “साधु-सन्त, महन्त तथा वास्तविक बेसहाराहरूलाई सेवा गर्नु मानवप्रतिको सेवा हो। दान गर्नेले आफ्नो जीवनमा सार्थकता पाउँछन् भन्ने हाम्रो विश्वास छ।”

    कार्यक्रम सञ्चालक सदस्यहरू अशोक जयसवाल, श्याम सुन्दर मौर्य, सन्तोष यादव, सब्रेस जयसवाल, गुरु चरण प्रजापति, नरेन्द्र प्रसाद रौनियार लगायत उद्योगका अन्य कर्मचारीहरूको उपस्थितिमा एक विशेष समारोहका बीच सफलतापूर्वक सम्पन्न भएको थियो।

    सम्बन्धित समाचार
    ताजा अपडेट

    Krisha Sanchar Griha P. LTD.
    SiddharthaNagar-12, Rupendehi
    E-mail: elumbinikhabar1@gmail.com
    Contact: 9851351793
    Department of Information and
    Broadcasting Regd. No:3214/78/79
    Press Council Registration No. 3262/2078/079

    हाम्रो टिम

    Executive Editor:
    Akash Chaudhary  (Kuldeep)
    News Coordinator :
    Bishan Gurung

    Copyright © All right reserved to elumbinikhabar.com Site By: SobizTrend.