logo
  • ६ असोज २०८३ , मंगलबार
    • ट्रेन्डिङ

    स्थानीय मिडियाको अस्तित्व जोगाउन छलफल : बुटवलमा ‘मिडिया मन्थन’


    २५ बैशाख २०८३ , शुक्रबार

    स्थानीय मिडियाको अस्तित्व जोगाउन छलफल : बुटवलमा ‘मिडिया मन्थन’

    लुम्बिनीखबर
    सिद्धार्थनगर, वैशाख । स्थानीय मिडियाहरू आर्थिक संकट, डिजिटल चुनौती र विज्ञापन अभावका कारण अस्तित्व संकटमा परिरहेको वर्तमान अवस्थामा “कसरी बचाउने स्थानीय मिडिया ?” विषयक अन्तरक्रिया कार्यक्रम भोलि बुटवलमा आयोजना हुँदैछ ।

    नेपाल पत्रकार महासंघ रुपन्देही शाखाको आयोजनामा बुटवल उद्योग वाणिज्य संघको सभाहलमा हुने उक्त कार्यक्रममा स्थानीय मिडियाका प्रमुख सम्पादक, व्यवस्थापक तथा विज्ञहरूले गहन छलफल गर्ने छन् ।

    कार्यक्रममा प्यानलिस्टका रूपमा डा. बालकृष्ण चापागाईं (प्रधान सम्पादक/प्रकाशक, दैनिक पत्र दैनिक), एजाज आलम (अध्यक्ष, लुम्बिनी सामुदायिक टेलिभिजन), गौतम भुसाल (प्रबन्ध सम्पादक, ग्लोबल संचार गृह), कल्पना तिवारी (स्टेसन म्यानेजर, रेडियो नेपाल) र कमल रायमाझी (सम्पादक/सञ्चालक, लुम्बिनी खबर) सहभागी रहनेछन् । कार्यक्रमको सहजकर्ताको भूमिकामा कपिल ज्ञवाली रहनेछन् ।

    अन्तरक्रियामा स्थानीय मिडियाले सामना गरिरहेको आर्थिक संकट, डिजिटल युगको चुनौती, विज्ञापनको कमी, दक्ष जनशक्ति अभावलगायत समसामयिक विषयमा छलफल हुनेछ । साथै, स्थानीय सञ्चार माध्यमहरूलाई टिकाउ र सशक्त बनाउने रणनीति तथा आवश्यक नीतिगत सुधारका लागि सुझावहरू प्रस्तुत गरिनेछ ।

    नेपाल पत्रकार महासंघ रुपन्देही शाखाले ‘मिडिया मन्थन’ शृङ्खलाअन्तर्गत आयोजना गरेको यो कार्यक्रमले स्थानीय मिडियाको भविष्यलाई लिएर चिन्तित सञ्चारकर्मी तथा सरोकारवालाहरूलाई सान्दर्भिक बहसको अवसर प्रदान गर्ने आयोजकको भनाइ छ ।

    सम्बन्धित समाचार
    ताजा अपडेट

    Krisha Sanchar Griha P. LTD.
    SiddharthaNagar-12, Rupendehi
    E-mail: elumbinikhabar1@gmail.com
    Contact: 9851351793
    Department of Information and
    Broadcasting Regd. No:3214/78/79
    Press Council Registration No. 3262/2078/079

    हाम्रो टिम

    Executive Editor:
    Akash Chaudhary  (Kuldeep)
    News Coordinator :
    Bishan Gurung

    Copyright © All right reserved to elumbinikhabar.com Site By: SobizTrend.