लुम्बिनीखबर
सिद्धार्नगर, वैशाख। सिद्धार्थनगर नगरपालिकामा अवस्थित आईएसओ प्रमाणित संस्था साई ग्लोबल सेकेन्डरी स्कुल एण्ड कलेजले माध्यमिक शिक्षा परीक्षा एसईईमा उत्कृष्ट नतिजा हासिल गरेको छ।
विद्यालयका अनुसार हालै प्रकाशित एसईई परीक्षामा कुल ६७ जना विद्यार्थी सहभागी भएका थिए। जसमध्ये ६३ जना विद्यार्थी उत्तीर्ण भएका छन्। यसले विद्यालयको उत्तीर्ण दर ९४.०२ प्रतिशत रहेको छ।
उत्कृष्ट नतिजा हासिल गर्ने विद्यार्थीहरूमध्ये प्रशान्त पाण्डे र शिवन्स मिश्रा ले ४ जीपीए प्राप्त गरेका छन्। यसैगरी ४ जीपिए हासिल गरेका दुई जना र थप ११ जना विद्यार्थी गरी १३ जना विद्यार्थीले ए प्लस ग्रेड र १७ जना विद्यार्थीले ए ग्रेड हासिल गरेका छन्।
विद्यालयका प्रधानाध्यापक लक्ष्मण ज्ञवाली ले जानकारी दिँदै भने, “यो नतिजा विद्यालयको निरन्तरको मेहनत, शिक्षकहरूको समर्पण र अभिभावकहरूको साथको परिणाम हो। हामी थप उत्कृष्टता हासिल गर्न प्रतिबद्ध छौं।”
सन् २०३८ मा स्थापित साई ग्लोबल सेकेन्डरी स्कुल एण्ड कलेज रूपन्देही जिल्लाको सिद्धार्थनगरमा गुणस्तरीय शिक्षा प्रदान गर्दै आएको छ।