logo
  • ६ असोज २०८३ , मंगलबार
    • ट्रेन्डिङ

    रोटर्याक्ट डिस्ट्रिक्ट ३२९२ को १९औँ डीआरआर इन्स्टलेसन शनिबार


    २६ असार २०८३ , शुक्रबार

    रोटर्याक्ट डिस्ट्रिक्ट ३२९२ को १९औँ डीआरआर इन्स्टलेसन शनिबार

    लुम्बिनीखबर
    भैरहवा, २५ असार । रोट्रायक डिस्ट्रिक ३२९२ नेपाल भुटानको १९ औ रोट्रायक डिस्ट्रिक रिप्रिजेन्टिभ (डिआरआर) स्टलेसन सेरेमनी शनिबार भैरहवामा आयोजना हुने भएको छ।

    रोटर्याक्ट डिस्ट्रिक्ट ३२९२ नेपाल–भुटान का डिस्ट्रिक रोटर्याक्ट रिप्रिजेन्टिभ (डिआरआर) प्रकाश शर्मा गैरेका अनुसार कार्यक्रम ११ जुलाई २०२६ शनिबार दिउँसो १२ः४५ बजे सिद्धार्थनगरस्थित होटल मौर्यमा हुनेछ।

    समारोहमा माननीय सांसद जगदीश खरेल प्रमुख अतिथिका रूपमा सहभागी हुनुहुनेछ। कार्यक्रममा रोटरी वर्ष २०२६–२७ का लागि नवनिर्वाचित डिस्ट्रिक रिप्रिजेन्टिभ (डिआरआर्र) को औपचारिक पदस्थापनासँगै नयाँ नेतृत्वलाई जिम्मेवारी हस्तान्तरण गरिनेछ।

    डिआरआर प्रकाश शर्मा गैरेले नेपाल–भुटानअन्तर्गतका रोटरी तथा रोटर्याक्ट क्लबका पदाधिकारी, रोटरियन, रोटर्याक्टर, विभिन्न सामाजिक तथा व्यावसायिक क्षेत्रका प्रतिनिधि, सञ्चारकर्मी तथा विशिष्ट व्यक्तित्वको सहभागिता रहने बताउनुभयो। उहाँका अनुसार कार्यक्रमले युवा नेतृत्व विकास, सामाजिक सेवा, स्वयंसेवा र सामुदायिक उत्तरदायित्वलाई थप सशक्त बनाउने विश्वास लिइएको छ।

    उहाँले रोटर्याक्ट डिस्ट्रिक्ट ३२९२ नेपाल–भुटान ले युवा नेतृत्व, सामाजिक उत्तरदायित्व, शिक्षा, स्वास्थ्य, वातावरण संरक्षण तथा सामुदायिक सेवामूलक कार्यक्रम सञ्चालन गर्दै आएको उल्लेख गर्दै नयाँ नेतृत्वले पनि “सर्भ एभव सेल्फ ” को भावनाअनुसार समाज रूपान्तरणका अभियानलाई निरन्तरता दिने बताउनुभयो।

    समारोहमा विभिन्न क्षेत्रमा योगदान पुर्‍याएका व्यक्तित्वको सम्मान, नेतृत्व हस्तान्तरण तथा आगामी कार्ययोजनाबारे समेत जानकारी गराइने आयोजकले जनाएको छ। कार्यक्रमले रोटरी र रोटर्याक्टबीचको सहकार्यलाई थप मजबुत बनाउनुका साथै युवालाई समाजसेवामा प्रेरित गर्ने अपेक्षा गरिएको छ।

    Screenshot

    सम्बन्धित समाचार
    ताजा अपडेट

    Krisha Sanchar Griha P. LTD.
    SiddharthaNagar-12, Rupendehi
    E-mail: elumbinikhabar1@gmail.com
    Contact: 9851351793
    Department of Information and
    Broadcasting Regd. No:3214/78/79
    Press Council Registration No. 3262/2078/079

    हाम्रो टिम

    Executive Editor:
    Akash Chaudhary  (Kuldeep)
    News Coordinator :
    Bishan Gurung

    Copyright © All right reserved to elumbinikhabar.com Site By: SobizTrend.