logo
  • १३ साउन २०८३ , बुधबार
    • ट्रेन्डिङ
    Elumbini Khabar

    Advertisment

    SKIP THIS

    आर्थिक विधेयकका नयाँ व्यवस्थाबारे सिद्धार्थ उद्योग वाणिज्य संघमा अन्तरक्रिया


    ४ साउन २०८३ , सोमबार

    आर्थिक विधेयकका नयाँ व्यवस्थाबारे सिद्धार्थ उद्योग वाणिज्य संघमा अन्तरक्रिया

    लुम्बिनीखबर

    भैरहवा, ४ साउन । सिद्धार्थ उद्योग वाणिज्य संघ, रूपन्देहीले नेपाल सरकारको आर्थिक वर्ष २०८३ र ०८४ को आर्थिक विधेयकमा भएका नयाँ व्यवस्थाबारे उद्योगी तथा व्यवसायीसँग अन्तरक्रिया कार्यक्रम आयोजना गर्ने भएको छ।

    संघको सभाहलमा साउन ५ गते मंगलबार दिउँसो १ बजे हुने कार्यक्रममा भैरहवा भन्सार कार्यालयका प्रमुख हरिहर पौडेल तथा आन्तरिक राजस्व कार्यालय भैरहवाका प्रमुख प्रेमराज पोखरेल को विशेष उपस्थिति रहनेछ।

    कार्यक्रममा आर्थिक विधेयकमा भएका संशोधन, कर तथा भन्सारसम्बन्धी नयाँ व्यवस्था, त्यसको व्यावसायिक प्रभाव तथा व्यवसायीका जिज्ञासाबारे छलफल गरिने जनाइएको छ। कार्यक्रममा सिद्धार्थ उद्योग वाणिज्य संघका पदाधिकारी, उद्योगी–व्यवसायी तथा विभिन्न व्यावसायिक संघसंस्थाका प्रतिनिधिको सहभागिता रहनेछ।

    सिद्धार्थ उद्योग वाणिज्य संघका कार्यालय प्रमुख कमला बस्नेत ले कार्यक्रमबारे जानकारी दिँदै आर्थिक विधेयकका नयाँ व्यवस्थाबारे व्यवसायीलाई प्रत्यक्ष जानकारी गराउने तथा सरोकारवाला निकायसँग अन्तरक्रियामार्फत सुझाव आदानप्रदान गर्ने उद्देश्य रहेको बताइन्।

    संघका उपसचिव खगेन्द्र काफ्ले का अनुसार कार्यक्रममा सहभागी भई आर्थिक तथा करसम्बन्धी नयाँ व्यवस्थाबारे जानकारी लिन सम्पूर्ण उद्योगी, व्यवसायी तथा सरोकारवालालाई आग्रह गरिएको छ।

    सम्बन्धित समाचार
    ताजा अपडेट

    Krisha Sanchar Griha P. LTD.
    SiddharthaNagar-12, Rupendehi
    E-mail: elumbinikhabar1@gmail.com
    Contact: 9851351793
    Department of Information and
    Broadcasting Regd. No:3214/78/79
    Press Council Registration No. 3262/2078/079

    हाम्रो टिम

    Executive Editor:
    Akash Chaudhary  (Kuldeep)
    News Coordinator :
    Bishan Gurung

    Copyright © All right reserved to elumbinikhabar.com Site By: SobizTrend.