logo
  • १७ भाद्र २०८३ , बुधबार
    • ट्रेन्डिङ

    अर्घाखाँची सिमेन्टद्वारा बाढीपीडितका लागि रु १ करोड ११ लाख सहयोग


    १४ भाद्र २०८३ , आइतबार

    अर्घाखाँची सिमेन्टद्वारा बाढीपीडितका लागि रु १ करोड ११ लाख सहयोग

    लुम्बिनीखबर
    भैरहवा, १४ भदौ । भोटेकोशीबाट आएको बाढी तथा पहिरोबाट प्रभावित नागरिकको राहत, उद्धार तथा पुनःस्थापनाका लागि अर्घाखाँची सिमेन्ट प्रालिले रु १ करोड ११ लाख सहयोग गरेको छ।कम्पनीका अध्यक्ष पशुपति मुरारका तथा प्रबन्ध निर्देशक राजेश अग्रवालले संयुक्त रूपमा उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषका लागि अर्थमन्त्री स्वर्णिम वाग्लेलाई हस्तान्तरण गर्नुभएको हो।

    प्राकृतिक विपत्तिका कारण विभिन्न जिल्लामा ठूलो जनधनको क्षति भइरहेका बेला प्रभावित नागरिकको राहत तथा उद्धारमा सहयोग पुर्याउने उद्देश्यले उक्त रकम प्रदान गरिएको कम्पनीले जनाएको छ।कम्पनीले विपद्को समयमा निजी क्षेत्रको सामाजिक उत्तरदायित्व महत्वपूर्ण हुने उल्लेख गर्दै प्रभावित नागरिकको सहयोगका लागि सरकार, निजी क्षेत्र तथा सामाजिक सङ्घसंस्था एकजुट भएर अघि बढ्नुपर्नेमा जोड दिएको छ।

    अर्घाखाँची सिमेन्टले विपद् तथा संकटका समयमा पीडित नागरिकको सहयोगलाई प्राथमिकतामा राख्दै आगामी दिनमा पनि सामाजिक उत्तरदायित्वअन्तर्गत आवश्यक सहयोगलाई निरन्तरता दिने जनाएको छ। तिब्बतको लेन्दे खोलाबाट आएको विनाशकारी बाढीले नेपालका रसुवा, नुवाकोट र धादिङमा ठूलो जनधनको क्षति पुर्‍याएको छ। बाढीको प्रभाव त्रिशूली नदीको बहावसँगै चितवन र पूर्वी नवलपरासीसम्म पुगेको छ। विपद्बाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनःस्थापनालाई तीव्रता दिन सरकार र सुरक्षा निकायहरू परिचालित छन् भने सम्भावित थप क्षति न्यूनीकरणका लागि उच्च सतर्कता अपनाइएको छ।

    सम्बन्धित समाचार
    ताजा अपडेट

    Krisha Sanchar Griha P. LTD.
    SiddharthaNagar-12, Rupendehi
    E-mail: elumbinikhabar1@gmail.com
    Contact: 9851351793
    Department of Information and
    Broadcasting Regd. No:3214/78/79
    Press Council Registration No. 3262/2078/079

    हाम्रो टिम

    Executive Editor:
    Akash Chaudhary  (Kuldeep)
    News Coordinator :
    Bishan Gurung

    Copyright © All right reserved to elumbinikhabar.com Site By: SobizTrend.