logo
  • ६ असोज २०८३ , मंगलबार
    • ट्रेन्डिङ

    सिद्धार्थनगर सहकारी सञ्जालद्वारा बाढी प्रभावितका लागि रु १० लाख ८८ हजार सहयोग


    ३० भाद्र २०८३ , मंगलबार

    सिद्धार्थनगर सहकारी सञ्जालद्वारा बाढी प्रभावितका लागि रु १० लाख ८८ हजार सहयोग

    लुम्बिनीखबर
    भैरहवा, ३० भदौ । सिद्धार्थनगर सहकारी सञ्जाल, रुपन्देहीले बाढी प्रभावितका लागि रु १० लाख ८८ हजार ३७५ आर्थिक सहयोग गरेको छ। सञ्जालले मातहतका सहकारी संस्थालाई राहत सहयोगका लागि आह्वान गरेपछि उक्त रकम संकलन भएको सञ्जालका अध्यक्ष राजेन्द्रप्रसाद श्रेष्ठले बताउनुभयो। संकलित रकम प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा जम्मा गरिएको उहाँले जानकारी दिनुभयो।

    भदौ १० गते रसुवा, नुवाकोट र धादिङका भोटेकोशी तथा त्रिशूली नदीको तटीय क्षेत्रमा आएको अप्रत्याशित बाढीबाट ठूलो धनजनको क्षति भएको घटनाप्रति सञ्जाल परिवार मर्माहत भएको उहाँले बताउनुभयो। “यस दुःखद घडीमा बाढीमा ज्यान गुमाउनुहुनेप्रति श्रद्धाञ्जली अर्पण गर्दै बेपत्ता व्यक्तिको तत्काल खोजी तथा उद्धार र उद्धार गरिएकाहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दछौँ”, अध्यक्ष श्रेष्ठले भन्नुभयो।

    सम्बन्धित समाचार
    ताजा अपडेट

    Krisha Sanchar Griha P. LTD.
    SiddharthaNagar-12, Rupendehi
    E-mail: elumbinikhabar1@gmail.com
    Contact: 9851351793
    Department of Information and
    Broadcasting Regd. No:3214/78/79
    Press Council Registration No. 3262/2078/079

    हाम्रो टिम

    Executive Editor:
    Akash Chaudhary  (Kuldeep)
    News Coordinator :
    Bishan Gurung

    Copyright © All right reserved to elumbinikhabar.com Site By: SobizTrend.