logo
  • १९ असोज २०८३ , सोमबार
    • ट्रेन्डिङ

    स्थानीयस्तरमै अपांगता उपचार सेवा, ८१ बालबालिका लाभान्वित


    १९ असोज २०८३ , सोमबार

    स्थानीयस्तरमै अपांगता उपचार सेवा, ८१ बालबालिका लाभान्वित

    लुम्बिनीखबर
    भैरहवा, १९ असोज । रुपन्देहीको भैरहवास्थित भीम अस्पतालमा सञ्चालित शारीरिक अपांगता घुम्ती शिविरबाट ८१ जना बालबालिका लाभान्वित भएका छन् । सिद्धार्थनगर नगरपालिका र अपांग बाल अस्पताल तथा पुनःस्थापना केन्द्र (एचआरडीसी), बनेपा, काभ्रेपलाञ्चोकको आयोजनामा तथा भीम अस्पतालको समन्वयमा आइतबार शिविर सञ्चालन गरिएको हो । आयोजकका अनुसार शिविरमा ७५ जना बालबालिकाले फिजियोथेरापी सेवा लिएका थिए । तीमध्ये १० जनालाई विशेष प्रकारका सहायक जुत्ता वितरण गरिएको छ । चार जनालाई प्लास्टर लगाइएको छ भने ३७ जना बालबालिकाको अर्थोपेडिक सहायक सामग्रीका लागि नापजाँच गरिएको छ ।

    त्यसैगरी १० जना बालबालिकालाई शल्यक्रियाका लागि मिति तोकिएको छ भने तीन जनालाई चिकित्सकसँग परामर्शका लागि मिति दिइएको आयोजकले जनाएको छ । सिद्धार्थनगर नगरपालिकाका उपप्रमुख उमा अधिकारीले विगतका वर्षमा पनि नगरपालिकाको सहकार्यमा यस्ता शिविर सञ्चालन हुँदै आएको बताउनुभयो । उपचारका लागि काठमाडौं जानुपर्दा बालबालिका तथा अभिभावकको समय र खर्च दुवै बढ्ने भएकाले स्थानीयस्तरमै विशेषज्ञ सेवा उपलब्ध गराउने उद्देश्यले शिविर सञ्चालन गरिएको उहाँले बताउनुभयो ।

    उहाँले स्थानीयस्तरमा सञ्चालन हुने यस्ता शिविरले आर्थिक रूपमा कमजोर तथा उपचारका लागि टाढा जान कठिन हुने परिवारका बालबालिकालाई सहजता पुग्ने विश्वास व्यक्त गर्नुभयो ।

    सम्बन्धित समाचार
    ताजा अपडेट

    Krisha Sanchar Griha P. LTD.
    SiddharthaNagar-12, Rupendehi
    E-mail: elumbinikhabar1@gmail.com
    Contact: 9851351793
    Department of Information and
    Broadcasting Regd. No:3214/78/79
    Press Council Registration No. 3262/2078/079

    हाम्रो टिम

    Executive Editor:
    Akash Chaudhary  (Kuldeep)
    News Coordinator :
    Bishan Gurung

    Copyright © All right reserved to elumbinikhabar.com Site By: SobizTrend.