logo
  • २ मंसिर २०८३ , मंगलबार
    • ट्रेन्डिङ

    धकधइ–मझौली अधुरो सडकको धुलोले जनजीवन कष्टकर, स्थानीयले सास्ती भोग्न बाध्य


    २ मंसिर २०८३ , मंगलबार

    धकधइ–मझौली अधुरो सडकको धुलोले जनजीवन कष्टकर, स्थानीयले सास्ती भोग्न बाध्य

    पशुपति यादव। लुम्बिनीखबर
    रोहिणी, मङ्सिर । रूपन्देही जिल्लाको रोहिणी ओमसतिया क्षेत्रअन्तर्गत पर्ने धकधइदेखि मझौली जोड्ने सडक निर्माणमा चरम ढिलासुस्ती हुँदा स्थानीय बासिन्दाहरूले दैनिक जीवनमा ठूलो सास्ती खेप्नुपरेको छ। सडक निर्माण गर्ने भन्दै खनेर छाडिएको बाटो अहिले धुलोको मुहान बनेको छ। गाडी चल्दा उड्ने धुलोले घरआँगन, खाना र स्वास्थ्यसम्म प्रभावित बनाएको छ।
    स्थानीय सुभावती यादवले धुलोका कारण घरको वातावरणै बिग्रिएको गुनासो गरेकी छन्। उनले भनिन्, “गाडी चल्दा उड्ने धुलो झ्यालढोका बन्द गर्दा पनि घरभित्र पस्छ। खाना पकाउँदा भाँडाकुँडामा धुलो जम्मा हुन्छ। साना बच्चाहरूलाई सास फेर्न गाह्रो हुन्छ। रातमा सुत्दा पनि धुलोले आँखा र नाक दुख्ने समस्या बढेको छ। सडक नबनेसम्म यस्तै कष्ट सहेर बस्नुपर्ने अवस्था छ।”
    यसै विषयमा स्थानीय लक्कीराम चमारले पनि आफ्नो अनुभव सुनाए। उनले भने, “गाडी चल्दा घरभित्रै धुलो पस्छ। झ्यालढोका राम्ररी बन्द गर्दा पनि धुलो रोकिएको छैन। घरको भित्ता, छाना र कपडासम्म धुलोले ढाकिन्छ। दैनिक कामकाजमा बाधा पुगेको छ। सडक खनेर अलपत्र छाड्ने तर समयमै निर्माण नगर्ने सम्बन्धित निकायप्रति हाम्रो असन्तुष्टि बढ्दै गएको छ। छिटो सडक निर्माण पूरा गरेर धुलोको समस्या समाधान गर्नुपर्छ।”
    स्थानीय बासिन्दाका अनुसार यो सडक निर्माणको घोषणा भएको लामो समय बितिसकेको छ। तर कामले अपेक्षित गति लिन नसक्दा बाटो अधुरो अवस्थामा छ। खनिएको माटो र ढुङ्गा बालुवाले सडक साँघुरो र असहज बनेको छ। पैदल यात्री, साइकल, मोटरसाइकल तथा साना–ठूला सवारीसाधन आवतजावत गर्दा धुलोको बादल उड्ने गरेको छ। वर्षाको समयमा हिलो र सुख्खा मौसममा धुलोले जनजीवन अस्तव्यस्त बनाएको छ।
    स्थानीयहरूले विकासको नाममा सडक खन्ने तर निर्माण सम्पन्न नगर्ने प्रवृत्तिप्रति असन्तुष्टि व्यक्त गरेका छन्। उनीहरूले सरकार, आयोजना कार्यालय र निर्माण व्यवसायीलाई तत्काल काममा तीव्रता दिन माग गरेका छन्। आवतजावत सहज बनाउन वैकल्पिक व्यवस्था गर्नुका साथै ढिलाइको स्पष्ट कारण जनतासामु राख्न पनि उनीहरूले आग्रह गरेका छन्।

    सम्बन्धित समाचार

    Krisha Sanchar Griha P. LTD.
    SiddharthaNagar-12, Rupendehi
    E-mail: elumbinikhabar1@gmail.com
    Contact: 9851351793
    Department of Information and
    Broadcasting Regd. No:3214/78/79
    Press Council Registration No. 3262/2078/079

    हाम्रो टिम

    Executive Editor:
    Akash Chaudhary  (Kuldeep)
    News Coordinator :
    Bishan Gurung

    Copyright © All right reserved to elumbinikhabar.com Site By: SobizTrend.