logo
  • २८ कार्तिक २०८३ , शुक्रबार
    • ट्रेन्डिङ

    मायादेवी ७ को दलित बस्तीमा खानेपानी


    १५ मंसिर २०७९ , बिहिबार

    मायादेवी ७ को दलित बस्तीमा खानेपानी

    झब्बर यादव
    भैरहवा मंसिर । मायादेवी गाँउपालिकाका वडा न. ७ मा खानेपानी पुगेको छ । दलित बस्तीमा खानेपानीको आभाव भएपछि वडा पालिकाले व्यवस्था गरेको वडा अध्यक्ष शैलेन्द्र कुुमार पाण्डेले जानकारी दिए । वडा भित्र रहेका धार्मिक स्थलहरुको निर्माण मर्मत र सम्भार गर्नुका साथै छठ पुुजाको लागि छठ घाटमा ब्यवस्थापन गरेको वडा अध्यक्ष पान्डेले जानकारी दिए । भत्किएको वाटा घाटो मर्मत तथा सामुुदायिक विद्यालयहरुको खेलमैदान निर्माण गरिएको वडा कार्यालयले जनाएको छ । किसानलाई मध्य नजर गरेर ६ लाख मुुल्य बराबरको उन्नत जातको वीउँ वितरण गरेको वडा अध्यक्ष पाण्डेले बताए । वडामा प्रशासनिक समस्या, स्वास्थ्य चौकी तथा शैक्षिक संस्थाहरुमा शौचालयको समस्या रहेको वडा अध्यक्ष पाण्डेले भने “ शिक्षा र बाटो घाटो निर्माणमा बजेटको आभावले गर्दा सोचे अनुुसारको काम हुुन सकेको छैन् । ”वडा पालिकाले ज्येष्ठ नागरिक सम्मान, खेलकुुदको विकास, गरीवी न्यूनीकरणको योजनाहरु बनाएको देखिन्छ । पशुु पालन गर्ने किसानका लागि गोठ निर्माण, गरीब र असहायका लागि आवासको व्यवस्थापन गर्ने सोच वडा पालिकाले बनाएको छ । स्थानीय जनताको चाहना अनुुसार आयुुर्वेदिक अस्पतालको निर्माण तथा नदी कटान नियन्त्रण, भिलेज प्रोफाइल निर्माणका कार्यहरु अगाडि बढाएको वडा पालिकाले जनाएको छ । शैक्षिक संस्था तथा सार्वजनिक कार्यालयहरुमा शौचालयको व्यवस्थापन गर्ने योजना रहेको वडा अध्यक्षले वताए ।

    सम्बन्धित समाचार
    ताजा अपडेट

    Krisha Sanchar Griha P. LTD.
    SiddharthaNagar-12, Rupendehi
    E-mail: elumbinikhabar1@gmail.com
    Contact: 9851351793
    Department of Information and
    Broadcasting Regd. No:3214/78/79
    Press Council Registration No. 3262/2078/079

    हाम्रो टिम

    Executive Editor:
    Akash Chaudhary  (Kuldeep)
    News Coordinator :
    Bishan Gurung

    Copyright © All right reserved to elumbinikhabar.com Site By: SobizTrend.