अन्जना चौहान
लुम्बिनी रुपन्देहीको लुम्बिनी साँस्कृृतिक नगरपालिका भित्र रहेको शान्तिका दुत भगवान गौतम बुद्धका जन्म भुमि लुम्बिनी विकास कोष अन्तर्गत रहेका कर्मचारीहरु अन्दोलनमा छन् । लुम्बिनी विकास कोष अन्तर्गत रहेका कर्मचारीहरु विविध तरिकाले सेवा गरिरहेका थिए । लुम्बिनी विकास कोषका केही कर्मचारीहरु करार, केही सेवा करारमा थिए भने केही ज्यालादारीमा सेवा गरिरहेको एक जना विकास कोष कै ज्यालादारीका कर्मचारीले बताए । अन्दोलनको मुख्य कारण कर्मचारीलाई समान व्यवहार नगरेको एक कर्मचारीले बताए ।
कुनै क्रमचारीलाई सेवा करारमा, कसैलाई करारमा काम गराउदा कर्मचारी संग समान व्यवहार नभएकाले “लुम्बिनी विकास कोषको बिभेदनीति कार्य बन्द गर, सबै विकास कोष अन्तर्गतका कर्मचारीलाई समान व्यवहार गर ” भन्ने नारा सहित लुम्बिनी विकास कोषमा कर्मचारीहरुले तालाबन्द गरेको कोषका सचिव सानु राज्य शाख्य ले वताए । कर्मचारीहरुमा कोही ज्यालादारी कोही करार कोही सेवा करारमा छन् । तर अचानक कुनै सुचना र जानकारी नदिई एकाएक ३५ जना कर्मचारी हरुलाई सेवा करारबाट करारमा बढुुवा गर्दा कर्मचारी अन्दोलित भएको लुम्बिनी विकास कोषका एक कर्मचारीले लुम्बिनी खबर संग जानकारी दिए । ज्यालादारी कर्मचारीहरुले सेवा कर्मचारीको माग, सेवा करार कर्मचारीहरुले करारका माग गर्दै अन्दोलन गरेको पत्रकारसंग लामो समय कुरा गर्न नसक्ने समेत लुम्बिनी विकास कोषका सचिव शाख्यले बताए ।