logo
  • ६ असोज २०८३ , मंगलबार
    • ट्रेन्डिङ

    ओमसतियामा कला र संस्कृति महोत्सव हुँदै


    २८ पौस २०७९ , बिहिबार

    ओमसतियामा कला र संस्कृति महोत्सव हुँदै

    tपशुपति यादव
    भैरहवा, २८ पुस ।
    रुपन्देहीको ओमसतिया गाउँपालिका वडा नम्बर ६ स्थित नरैनापुरमा माघ १ गतेदेखि ५ गतेसम्म ‘चौथो ओमसतिया तथा कला संस्कृति महोत्सव–२०७९’ हुने भएको छ । श्री राम जानकी मन्दिर रंगशाला, सभाहल व्यवस्थापन तथा संरक्षण समिति ओमसतिया–६ नरैनापुरको आयोजनामा महोत्सव हुने आयोजकले बुधबार पत्रकार सम्मेलन गरी जानकारी गराएका छन् ।
    सम्पदा र संस्कृतिको जर्गेना गर्ने उद्देश्यले महोत्सव आयोजना गर्न लागिएको आयोजक समितिका संयोजक तथा ओमसतिया गाउँपालिका–६ का वडाअध्यक्ष शिव कुमार धवलले बताए ।
    नरैनापुर रंगशालामा हुने महोत्सवमा माघ १ देखि ३ गतेसम्म कुस्ती महामुकाबला प्रतियोगिता, ५ गतेसम्म झुमडा तथा टिकटक स्टारहरुको प्रतियोगिता, अन्तरविद्यालय नृत्य प्रतियोगिता तथा बेलुकी ६ बजेदेखि बिराहा साँस्कृतिक कार्यक्रमका साथै राष्ट्रिय कलाकारहरुको प्रस्तुति रहने धवलले जानकारी दिए । महोत्सवमा देवा पहलवानसहित अन्तर्राष्ट्रिय कुस्ती पहलवानहरुको सहभागीता रहने उनले बताए ।
    उनले भने, ‘महोत्सवमा स्थानीय उत्पादनहरुको प्रदर्शन तथा विक्री, कृषि प्रदर्शन, माघीको अवसरमा खिचडी उत्सव, भुमडा प्रतियोगिता, बिराहा तथा थारु संस्कृति झल्किने कार्यक्रम समेत हुनेछ । ’महोत्सवमा प्रवेश तथा स्टल राख्न समेत निःशुल्क व्यवस्था रहेको उनले जानकारी दिए ।
    महोत्सवमा करिब २० लाख खर्च लाग्ने आयोजकले जनाएका छन् । महोत्सबाट बचेको रकम एम्बुलेन्स खरिदमा प्रयोग गरिने तथा एम्बुलेन्स खरिदको सहयोगका लागि महोत्सवस्थलमा दानपेटिकामा राखिने आयोजकले जनाएका छन् ।

    सम्बन्धित समाचार
    ताजा अपडेट

    Krisha Sanchar Griha P. LTD.
    SiddharthaNagar-12, Rupendehi
    E-mail: elumbinikhabar1@gmail.com
    Contact: 9851351793
    Department of Information and
    Broadcasting Regd. No:3214/78/79
    Press Council Registration No. 3262/2078/079

    हाम्रो टिम

    Executive Editor:
    Akash Chaudhary  (Kuldeep)
    News Coordinator :
    Bishan Gurung

    Copyright © All right reserved to elumbinikhabar.com Site By: SobizTrend.