logo
  • २४ कार्तिक २०८३ , सोमबार
    • ट्रेन्डिङ

    नेपाल राष्ट्रिय प्राध्यापक संगठनको अध्यक्षमा ःपाण्डे


    १५ जेष्ठ २०७३ , शनिबार

    नेपाल राष्ट्रिय प्राध्यापक संगठनको अध्यक्षमा ःपाण्डे

    भैरहवा,जेठ १५ । नेपाल राष्ट्रिय प्राध्यापक संगठन इकाई समिति भैरहवा वहुमुखी क्याम्पसको साधारण सभा तथा अधिवेशनले गणेश पाण्डेको अध्यक्षतामा ९ सदस्यीय नया कार्य समिति गठन गरेको छ ।

    download
    संगठनका अध्यक्ष अनिल कुमार झा क्याम्पस प्रमुखमा नियुक्ती भए संगै नया अधिवेशन गरि गणेश पाण्डेलाई अध्यक्ष वनाइएको हो ।
    संगठनको उपाध्यक्षमा केशव शर्मा वेलवासे, अर्का उपाध्यक्षमा त्रिभुन वरई , सचिवमा क्रषि ज्ञवाली, सहसचिवमा लक्ष्मण तिमिल्सिना,कोषाध्यक्षमा मोलहु प्रसाद जैसवाल, र सदस्यहरुमा मधु ढकाल, दिपेन्द्र कुमार गौड,मकवुल महमद खां लाई चयन गरेको छ । क्याम्पस प्रमुख अनिल कुमार झा र निर्वतमान क्याम्पस प्रमुख डा. घनश्याम न्यौपानेलाई सल्लाहकारमा समेत अधिवेशनले चयन गरेको छ ।
    कार्यक्रममा पार्टिका क्षेत्र नम्वर २ का इञ्चार्ज उमेश खनालको प्रमुख आथित्यतामा भएको कार्यक्रममा अखिल क्रान्तिकारीका कपिल चापागाई,क्याम्पसका लेक्चरल तथा संगठनका साधारण सदस्यहरु भेषराज भट्राई,वसन्त पाण्डे,राजेन्द्र राउत, धनेश्वर तिमिल्सिनाको समेत सहभागिता रहको थियो ।
    अधिवेशनमा क्यँम्पसका निर्वतमान क्याम्पस प्रमुख डा.घनश्याम न्यौपानेले सम्वोधन गर्दै पार्टी र संगठनका निम्ति आफुले कुटनितिक रुपमा काम गरिरहेको वताउदै कसैले क्याम्पस प्रमुखलाई घुर्की लगाउछ भने यसको कुनै अर्थ नरहने वताए । उनले संगठनलाई एकमत भएर अगाडी वढन समेत सवैलाई निर्देशन दिए । न्यौपानेले भने, मलाई पनि घुर्की र दवाव आउने गरेको थिए र तर आफुले वढो कुटनितिक रुपमा त्यस्ता पात्रहरुलाई प्रयोग गरेको तर उनिहरु संग सम्झौता नगरेको स्मरण गराउदै वर्तमान क्याम्पस प्रमुख अनिल कुमार झालाई पनि निडरताका साथ अगाडी वढन र आवस्यक परेको वखत सहयोगका लागी आफु तयार रहेको उनले जनाए ।
    पार्टिका क्षेत्रिय इञ्चार्ज उमेश खनालले पनि भैरहवा बहुमुखी क्याम्पसमा पनि नेपाल राष्ट्रिय प्रध्यापक संगठन १ नम्वरको संगठन हुनुपर्ने भन्दै आगामी दिनमा योजना र आपसी सल्लाहमा अगाडी वढन उपस्थितहरुलाई वताएका थिए ।

    सम्बन्धित समाचार
    ताजा अपडेट

    Krisha Sanchar Griha P. LTD.
    SiddharthaNagar-12, Rupendehi
    E-mail: elumbinikhabar1@gmail.com
    Contact: 9851351793
    Department of Information and
    Broadcasting Regd. No:3214/78/79
    Press Council Registration No. 3262/2078/079

    हाम्रो टिम

    Executive Editor:
    Akash Chaudhary  (Kuldeep)
    News Coordinator :
    Bishan Gurung

    Copyright © All right reserved to elumbinikhabar.com Site By: SobizTrend.