logo
  • २३ कार्तिक २०८३ , आइतबार
    • ट्रेन्डिङ

    उद्योगी केडिया तीन दिनपछि अपहरण मुक्त, मुख्य आरोपी पक्राउ


    १६ जेष्ठ २०७३ , आइतबार

    उद्योगी केडिया तीन दिनपछि अपहरण मुक्त, मुख्य आरोपी पक्राउ

    काठमाडौं – बाराबाट अपहरणमा परेका उद्योगी सुरेश केडिया तीन दिनपछि अपहरणमुक्त भएका छन् । बिहिबार साँझ बाराबाट अपहरणमा परेका केडियालाई भारतको मोतिहारीको कोटवाबाट अपहरण मुक्त गरिएको हो । उनलाई भारतीय प्रहरीले अपहरण मुक्त गरेको थियो ।

    kedia
    खाद्य उद्योगका सञ्चालक तथा केडिया अर्गनाइजेशनका सदस्य सुरेश व्यापारिक कामले बाराको वरियारपुर गएका थिए । साँझ फर्किने क्रममा पसाहा पुल नजिकबाट बिहीबार साँझ अपहरणमा परेका थिए ।

    अपहरणकारीहरुले उनी सवार बा १० च ७२४० नम्बरको गाडी रोकेर चालक श्याम उनेश कानुमाथि गोली प्रहार गरेका थिए । अपहरण लगत्तै उनलाई भारत पुर्याइएको थियो ।

    भारतीय समाचार एजेन्सी एएनआईले केडियाको तस्विर ट्वीट गर्दै उनी अपहरण मुक्त भएको जनाएको छ ।

    केडियालाई खोज्न मोतिहारीका एसपी जितेंद्र राणा र बेतियाका एसपी विनय कुमारको नेतृत्वमा विशेष अप्रेसन चलाइएको थियो ।
    केडियाको अपहरण मामिलामा मुख्य आरोपी समेत कयौंलाई पक्राउ गरिएको प्रहरीलाई उद्धृत गर्दै भारतीय मिडियाले जनाएको छ । तर, हालसम्म नाम गोप्य राखिएको छ । अपहरणकर्ताहरुबाट एक स्का‘र्पियो गाडी पनि बरामद गरिएको छ ।

    हिजो मात्र अपहरणकारीले केडियालाई मुक्त गर्न १ अर्ब फिरौती मागेको समाचार भारतीय मिडियाले सार्वजनिक गरेको थियो । केडियाले उक्त फिरौती बुझाएर अपहरणमूक्त भए वा प्रहरी अपरेशनबाट मुक्त भए, विस्तृत विवरण आएको छैन ।

    सम्बन्धित समाचार
    ताजा अपडेट

    Krisha Sanchar Griha P. LTD.
    SiddharthaNagar-12, Rupendehi
    E-mail: elumbinikhabar1@gmail.com
    Contact: 9851351793
    Department of Information and
    Broadcasting Regd. No:3214/78/79
    Press Council Registration No. 3262/2078/079

    हाम्रो टिम

    Executive Editor:
    Akash Chaudhary  (Kuldeep)
    News Coordinator :
    Bishan Gurung

    Copyright © All right reserved to elumbinikhabar.com Site By: SobizTrend.