जेष्ठ १६, इन्डियन प्रियमिर लिग (आईपीएल)( २०१६ को उपाधि सनराइजर्स हैदरावादले जितेको छ ।

आइतबार साँझ भएको खेलमा रोयल च्यालेन्जर्स बैंगलोरलाई ८ रनले हराउँदै हैदरावादले उपाधि जितेको हो ।
टस जितेर पहिला ब्याटिङ रोजेको सनराज्यर्सले २० ओभरमा २०८ रन बनाएको थियो ।
घरेलु मैदानमा भएको खेलमा रोयल च्यालेन्जर्सले २० ओभरमा ७ विकेट गुमाउँदै २०० रनमात्रै बनाउन सक्यो ।