logo
  • २४ कार्तिक २०८३ , सोमबार
    • ट्रेन्डिङ

    टुंगियो ज्येष्ठ नागरिकको धर्ना


    १७ जेष्ठ २०७३ , सोमबार

    टुंगियो ज्येष्ठ नागरिकको धर्ना

    dr_982bb66cb24ddbd9cbe0576b83483a21

    काठमाडौं–चार वर्षदेखि माग र असन्तुष्टिको नारा लगाउँदै आएका वृद्धवृद्धाले आइतबार भने नयाँ बानेश्वरमा उत्सवको नारा घन्काए । असन्तुष्टिको भाका फेरिएको थियो । यातायात व्यवस्था विभाग परिसरलाई नियमित धर्नास्थल बनाएका ज्येष्ठ नागरिकहरूको मुहारमा खुसी छाएको थियो ।

    सरकारले बजेटमा वृद्धभत्ता दोब्बर बनाउने, स्वास्थ्य बिमाको व्यवस्था गर्नेजस्ता योजना ल्याएपछि उनीहरूको मन पनि बदलियो । ०६९ फागुन २४ देखि ८ बुँदे मागसहित धर्नामा बसेका ज्येष्ठ नागरिकको आन्दोलन सरकारको बजेटसँगै टुंगिएको हो । धर्ना बस्ने क्रममा ४ वर्षको अवधिमा १६ ज्येष्ठ नागरिकको निधन भइसकेको छ ।

    ज्येष्ठ नागरिकले पाउँदै आएको एक हजार वृद्ध भत्ता बढाएर मासिक ५ हजार पुर्याउनुपर्ने, ६० वर्ष उमेर पुगेकालाई ज्येष्ठ नागरिक घोषणा गर्नुपर्ने, स्वास्थ्य बिमा हुनुपर्ने, सार्वजनिक सवारी साधनमा ज्येष्ठ नागरिकलाई आरक्षण सिट र ५० प्रतिशत छुट दिइनुपर्ने, सरकारी अस्पतालमा शतप्रतिशत र निजी अस्पतालमा ५० प्रतिशत औषधोपचारमा छुट पाउनुपर्ने, सार्वजनिक निकायमा ज्येष्ठ नागरिकले राजस्व तिर्दा लाइन बस्नु नपर्ने व्यवस्था गर्नुपर्ने, ज्येष्ठ नागरिकलाई वृद्धाश्रममा नभई घरमै बस्ने वातावरण मिलाउने व्यवस्था गर्नुपर्ने, आमाबुबाको निधन नभएसम्म अंश अधिकार छोरारछोरीले नपाउने व्यवस्था गर्नुपर्ने लगायत ८ बुँदे मागसहित उनीहरू धर्ना बसेका थिए ।

    सम्बन्धित समाचार
    ताजा अपडेट

    Krisha Sanchar Griha P. LTD.
    SiddharthaNagar-12, Rupendehi
    E-mail: elumbinikhabar1@gmail.com
    Contact: 9851351793
    Department of Information and
    Broadcasting Regd. No:3214/78/79
    Press Council Registration No. 3262/2078/079

    हाम्रो टिम

    Executive Editor:
    Akash Chaudhary  (Kuldeep)
    News Coordinator :
    Bishan Gurung

    Copyright © All right reserved to elumbinikhabar.com Site By: SobizTrend.