जेठ २०
काठमाडौं–पहिलेको सिंहदरबारस्थित संसद् भवन (ग्यालरी बैठक) साँघुरो हुने भएपछि बानेश्वरस्थित अन्तर्रा्ष्ट्रिय सम्मेलन केन्द्र भवनमा व्यवस्थापिका–संसद् सञ्चालनमा छ । ०६४ मा संविधानसभा निर्वाचन भएपछि केन्द्रमा संसद् बैठक गरिएको हो ।

संसद् सचिवालयले ०६५ देखि भाडामा भवन प्रयोग गर्दै आएको छ । भवनको भाडा वार्षिक नौ करोड ६१ लाख रुपैयाँ छ । ०६५ यता संसद् सचिवालयले भवन भाडा मात्र ७६ करोड ८८ लाख रुपैयाँ तिरेको छ ।
‘यो त देखिएको खर्च मात्र हो, अन्य नदेखिने खर्च पनि धेरै भएका छन्,’ संसद् सचिवालयका सहसचिव सोमबहादुर थापाले नयाँ पत्रिकासँग भने, ‘सुरक्षाकर्मी तथा कर्मचारीको बन्दोबस्ती दुईतिर हुँदा, यातायात, दौडधुपलगायतका कुराले नदेखिने खर्च बढाएको छ ।’ आजको नयाँ पत्रिका दैनिकमा खबर छ ।