logo
  • २३ कार्तिक २०८३ , आइतबार
    • ट्रेन्डिङ

    निजामती कर्मचारीको निर्वाचनः एमाले निकट कर्मचारी संगठन पहिलो


    २० जेष्ठ २०७३ , बिहिबार

    निजामती कर्मचारीको निर्वाचनः एमाले निकट कर्मचारी संगठन पहिलो
    lghfdtL sd{rf/L o'lgog lgjf{rgsf7df8f}Fsf l;+xb/af/df lghfdtL sd{rf/Lsf] cflwsfl/s 6]«8 o'lgogsf] a'waf/ ePsf] lgjf{rgdf dtbfgsf nflu nfda4 sd{rf/L . tl:a/ M /f]zg ;fksf]6f, /f;;

    काठमाडौं– निजामती कर्मचारीको आधिकारिक ट्रेड युनियनको  निर्वाचनमा एमाले निकट निजामति कर्मचारी संगठन पहिलो भएको छ । माओवादी केन्द्र निकट कर्मचारी संगठन भने तेस्रो भएको छ ।

    lghfdtL sd{rf/L o'lgog lgjf{rgsf7df8f}Fsf l;+xb/af/df lghfdtL sd{rf/Lsf] cflwsfl/s 6]«8 o'lgogsf] a'waf/ ePsf] lgjf{rgdf dtbfgsf nflu nfda4 sd{rf/L . tl:a/ M /f]zg ;fksf]6f, /f;;
    मन्त्रालय, विभाग र जिल्ला गरी ११७ स्थानमा भएको निर्वाचनमा एमाले निकट कर्मचारी संगठनले ४१ जिल्लासहित ७८ भन्दा बढी स्थानमा जित हासिल गर्दै पहिलो भएको हो  ।
    निर्वाचनमा दोस्रो भएको कांग्रेस निकट निजामति कर्मचारी युनियन (संघ) दोस्रो भएको छ । ऊसले २४ जिल्लामा विजयी हासिल गरेको छ ।

    माओवादी केन्द्र निकट कर्मचारी संगठनले २ जिल्लामा जीत हात परेको छ । मधेसी दलनिकट मधेसी कर्मचारी मञ्च चार जिल्लामा विजयी भएको छ ।
    बुधबार  भएको निर्वाचनमा देशभरका कुल ५५ हजार तीन सय २२ मतदातामध्ये ८० प्रतिशतभन्दा बढी निजामती कर्मचारीले मतदान गरेका थिए ।
    जिल्लादेखि केन्द्रसम्म भएको निर्वाचनमा पाएको मतका आधारमा समावेशी किसिमले भागबन्डा गरिने प्रावधान छ ।
    केन्द्रमा सबैभन्दा बढी मत ल्याउनेलाई अध्यक्ष र कोषाध्यक्ष दिइनेछ भने दोस्रो मत ल्याउनेलाई महासचिव दिइने व्यवस्था छ । जसअनुसार एमाले निकट संगठनले पाउने पक्का भएको छ ।
    तेस्रो मत ल्याउनेलाई उपाध्यक्ष र चौथो मत ल्याउनेलाई भने सचिव दिइने प्रावधान रहेको छ ।

    मतपरिणामको औपचारिक परिणाम आउन बाँकी रहेको छ ।

    सम्बन्धित समाचार
    ताजा अपडेट

    Krisha Sanchar Griha P. LTD.
    SiddharthaNagar-12, Rupendehi
    E-mail: elumbinikhabar1@gmail.com
    Contact: 9851351793
    Department of Information and
    Broadcasting Regd. No:3214/78/79
    Press Council Registration No. 3262/2078/079

    हाम्रो टिम

    Executive Editor:
    Akash Chaudhary  (Kuldeep)
    News Coordinator :
    Bishan Gurung

    Copyright © All right reserved to elumbinikhabar.com Site By: SobizTrend.