logo
  • ६ असोज २०८३ , मंगलबार
    • ट्रेन्डिङ

    पर्यटन कार्यालय भैरहवा पुग्यो बल्ढेङगढी


    २३ जेष्ठ २०७३ , आइतबार

    पर्यटन कार्यालय भैरहवा पुग्यो बल्ढेङगढी

    लुम्बिनीखबर
    भैरहवा, जेठ २२ । पर्यटन कार्यालय भैरहवाले पाल्पाको बल्ढेङगढीमा रहेको चर्चित कुवारीदेवीको मन्दिर संरक्षणका लागि रु ५ लाख बजेट छुट्याएपछि स्थानीयहरुले मन्दिर जानका लागि सिँढी निर्माण गरेका छन् ।

    13388956_282342838780084_876647233_o
    पर्यटन क्षेत्रमा विभिन्न किसिमका आर्थिक गतिविधि गर्दै आएको पर्यटन कार्यालय भैरहवाले बल्ढेङगढीको कुवारी मन्दिर संरक्षणको लागि समेत यो बजेट छुट्याएको हो ।
    पर्यटन कार्यालयले छुट्याएको बजेटबाट मन्दिर जानका लागि चण्डीथान डाँडादेखि मन्दिर सम्मका लागि करिब २७० मिटर दूरीको सिँढी निर्माण गरिएको बल्ढेङगढी गाविसका गाविस सचिव होमबहादुर कुँवरले बताए ।

    13383955_282342802113421_2056436386_o
    पर्यटन कार्यालय भैरहवाका  प्रेमनारायण पन्थी र प्राविधिक सम्राट भट्टराईले संयुक्त रुपमा उद्घाटन गरेको सिँढीमा स्थानीयहरुले आवतजावत गर्न समेत सुरु गरेका छन् । टिकाबहादुर रास्कोटीको अध्यक्षतामा बनाइएको निर्माण समितिले सिँढीको निर्माण गरेको हो ।
    ऐतिहासिक महत्व बोकेको बलिहाङ राजाको दरबारको अवशेषको बीचमा रहेको यो मन्दिर समेत राजाको राज्य कालमै स्थापना भएको स्थानीयहरु बताउँछन् । हिमाल र लुम्बिनी एकै स्थानबाट देखिने विश्वको एकमात्र स्थान यो क्षेत्र विकासका हिसाबले भने निकै पछाडि परेको यहाँ दर्शन गर्न जाने दर्शनार्थी चुम बहादुर कार्कीले बताए ।

    13340580_282342815446753_422231554_o
    पर्यटकीय सम्भावना बोकेको यो क्षेत्र भ्रमण गर्नका लागि पाल्पा, गुल्मी, अर्घाखाँची, रुपन्देही, कपिलवस्तुका मानिसहरु यहाँ पुग्ने गरेका छन् । बाटोघाटो र खानेपानीको निकै असुविधा रहेको यो क्षेत्र विकासको पखाईमा निकै वर्षदेखि बसिरहेको देखिन्छ ।
    पर्यटन कार्यालय भैरहवाले भने यहाँको विकासमा चासो दिएपछि वर्षौदेखि मन्दिर दर्शन गर्नका लागि समस्या रहेको बाटोको भने अब सहजता आएको छ । विभिन्न राजनीतिक दल र संघसंस्थाहरुले विकास निर्माण गर्ने भाषणहरु गरेपनि विकासाक काम गर्न नसकेपछि  पर्यटन कार्यालय भैरहवाले गरेको यो सहयोग स्थानीयहरुका लागि निकै ठूलो जस्तो देखिन्छ ।
    सिँढी निर्माण समितिले आगामी वर्षहरुमा समेत यस्ता बजेटहरु ऐतिहासिक, प्राकृतिक र धार्मिक महत्व बोकेको बल्ढेङगढी क्षेत्र विकास समितिलाई पारिदिन पर्यटन कार्यालयका प्रमुख ख्यामबहादुर थापालाई अनुरोध समेत गरेको छ ।

    सम्बन्धित समाचार
    ताजा अपडेट

    Krisha Sanchar Griha P. LTD.
    SiddharthaNagar-12, Rupendehi
    E-mail: elumbinikhabar1@gmail.com
    Contact: 9851351793
    Department of Information and
    Broadcasting Regd. No:3214/78/79
    Press Council Registration No. 3262/2078/079

    हाम्रो टिम

    Executive Editor:
    Akash Chaudhary  (Kuldeep)
    News Coordinator :
    Bishan Gurung

    Copyright © All right reserved to elumbinikhabar.com Site By: SobizTrend.