logo
  • २४ कार्तिक २०८३ , सोमबार
    • ट्रेन्डिङ

    मनतातो पानी पिउनुका फाइदा


    २४ जेष्ठ २०७३ , सोमबार

    मनतातो पानी पिउनुका फाइदा

     

    स्वस्थ रहनका लागि पर्याप्त पानी पिउनु आवश्यक हुन्छ । यसरी पिउने पानी मनतातो भएमा त्यसले स्वास्थ्यमा पूराउने फाइदा अझै बढि हुन्छ ।

    water drink

    गर्मी याममा दिउसो मनतातो पानी पिउन नसक्दा समेत यदि बिहानमा मात्र पनि पिउन सकेमा त्यो निकै फाइदाजनक हुन्छ । मनतातो पानी पिउनुका फाइदा यस्ता छन्स्

    मनतातो पानी पिउनाले सरीरमा उपापचयन प्रक्रिया बढ्दछ र वजन नियन्त्रण हुन्छ ।
    मनतातो पानी पिउनाले सरीरको तापक्रम केही वृद्धि हुन्छ । जसका कारण सरीरबाट पसिना निस्कने क्रम बढ्दछ र यसले सरीरबाट विषाक्त पदार्थ बाहिर निकाल्छ ।
    मनतातो पानी नियमति रुपमा पिउनाले रक्तसञ्चार सन्तुलित हुन्छ र मुटु सम्बन्धी समस्याबाट जोगाउँदछ ।
    मनतातो पानी पिउनाले जोर्नी मजबुत हुन्छन् र बाथको जोखिम पनि कम गर्दछ ।
    पाचन प्रणालीलाई तन्दुरुस्त राख्न तथा कब्जियतको समस्या हटाउन मनतातो पानीको सेवन लाभदायक हुन्छ ।
    घाँटीको दुखाइ तथा खोकीको समस्यामा पनि मनतातो पानीको सेवन लाभदायक हुन्छ ।
    मनतातो पानीको पर्याप्त सेवनले छाला सुख्खा हुनबाट बचाउनुका साथै कपाल र्झन पनि रोक्दछ ।
    महिनावारीको समयमा महिलामा तल्लो पेट दुख्ने समस्यालाई पनि मनतातो पानीको सेवनले कम गर्दछ ।
    छालालाई चमकदार बनाउन तथा अनुहारमा छिटो चाउरी पर्न नदिनका लागि पनि पर्याप्त मनतातो पानी पिउनु आवश्यक हुन्छ ।

    सम्बन्धित समाचार
    ताजा अपडेट

    Krisha Sanchar Griha P. LTD.
    SiddharthaNagar-12, Rupendehi
    E-mail: elumbinikhabar1@gmail.com
    Contact: 9851351793
    Department of Information and
    Broadcasting Regd. No:3214/78/79
    Press Council Registration No. 3262/2078/079

    हाम्रो टिम

    Executive Editor:
    Akash Chaudhary  (Kuldeep)
    News Coordinator :
    Bishan Gurung

    Copyright © All right reserved to elumbinikhabar.com Site By: SobizTrend.