logo
  • २३ कार्तिक २०८३ , आइतबार
    • ट्रेन्डिङ

    परराष्ट्रमन्त्री कमल थापा भारत प्रस्थान


    २८ जेष्ठ २०७३ , शुक्रबार

    परराष्ट्रमन्त्री कमल थापा भारत प्रस्थान

    काठमाडौं, जेठ २८

    उपप्रधान तथा परराष्ट्रमन्त्री कमल थापा भारत प्रस्थान गरेका छन्।

    kamal thapa
    दक्षिण एशियाली विश्वविद्यालयको भारतको नयाँ दिल्लीमा हुन लागेको दीक्षान्त समारोहमा सहभागी हुन परराष्ट्रमन्त्री थापा त्यसतर्फ  प्रस्थान गरेका हुन्।

     

    थापा शुक्रवार विहान ९ः५० बजे जेट एयरवेजको  विमानमार्फत भारत प्रस्थान गरेको थापाका जनसम्पर्क सल्लाहकार मोहन श्रेष्ठले जानकारी दिए।

    दक्षिण एशियाली विश्वविद्यालयको दीक्षान्त समारोह शनिवार नयाँ दिल्लीमा हुँदैछ। भारत भ्रमणका समयमा परराष्ट्रमन्त्री थापाले भारतीय समकक्षी सुष्मा स्वराजसँग भेटवार्ता गर्नेछन्।

    यस्तै दिल्लीस्थित अब्जर रिसर्च फाउन्डेसनले नेपालको संविधान निर्माणपछिको अवस्थाबारेमा गरेको अन्तक्रिया कार्यक्रममा पनि सहभागी हुने कार्यक्रम छ।

    थापा आइतबार स्वदेश फर्किने कार्यक्रम छ।

    सम्बन्धित समाचार
    ताजा अपडेट

    Krisha Sanchar Griha P. LTD.
    SiddharthaNagar-12, Rupendehi
    E-mail: elumbinikhabar1@gmail.com
    Contact: 9851351793
    Department of Information and
    Broadcasting Regd. No:3214/78/79
    Press Council Registration No. 3262/2078/079

    हाम्रो टिम

    Executive Editor:
    Akash Chaudhary  (Kuldeep)
    News Coordinator :
    Bishan Gurung

    Copyright © All right reserved to elumbinikhabar.com Site By: SobizTrend.