logo
  • २३ कार्तिक २०८३ , आइतबार
    • ट्रेन्डिङ

    पर्यटकका लागि पोखरा विश्वकै सस्तो शहर


    २८ जेष्ठ २०७३ , शुक्रबार

    पर्यटकका लागि पोखरा विश्वकै सस्तो शहर

    काठमाडौं, २८ जेठ । हालै फोब्सले ‘ बजेट यात्रीका लागि २० शहर’ को सूचि सार्वजनिक गरेको छ । उक्त सूचिमा नेपालको पोखरा पहिलो स्थानमा आएको छ ।
    pokhara-valley-tour99
    ‘प्राइस अफ ट्राभल’ले विश्व यात्रामा हुने खर्चबारे प्रकाशित गरेको तथ्याङ्कका आधारमा फोब्सले उक्त सूचित तयार पारेको हो । राम्रो र सस्तो होस्टेलमा हुने डम बेड, ३ पटकको खाना, ३ वटा सस्ता वियर, सार्वजनिक स्थानमा गरिने २ वटा यात्रा र १ साँस्कृतिक भ्रमणमा प्रतिदिन हुने खर्चका आधारमा यो सूचि तयार पारिएको हो ।

    बजेट बनाएर  विश्व भ्रमणमा निस्कने मानिसका लागि पोखरा सबैभन्दा सस्तो गन्तव्य बनेको छ । उक्त शहरमा माथि उल्लेखित सुविधा प्रति दिन १५.८४ अमेरिकी डलर खर्च गर्दा प्राप्त गर्न सकिन्छ । राजधानी काठमाडौं भने १९.७६ अमेरिकी डलरसहित सातौं स्थानमा रहेको छ ।
    भियतनामको हनोइ १७.१३ अमेरिकी डलर र होचिमिन्ह १८.३० अमेरिकी डलर सहित क्रमशः दोश्रो र तेश्रो स्थानमा परेका छन् । त्यस्तै भारतको गोवा (१८.५९ डलर), थाइल्याण्डको चियाङ माई (१९.०३ डलर) र लाओसको भियन्सेन्ट (१९.६८ डलर) सहित क्रमशः चौथो, पाँचौ र छैटौ स्थानमा रहेका छन् ।

    सम्बन्धित समाचार
    ताजा अपडेट

    Krisha Sanchar Griha P. LTD.
    SiddharthaNagar-12, Rupendehi
    E-mail: elumbinikhabar1@gmail.com
    Contact: 9851351793
    Department of Information and
    Broadcasting Regd. No:3214/78/79
    Press Council Registration No. 3262/2078/079

    हाम्रो टिम

    Executive Editor:
    Akash Chaudhary  (Kuldeep)
    News Coordinator :
    Bishan Gurung

    Copyright © All right reserved to elumbinikhabar.com Site By: SobizTrend.