logo
  • २३ कार्तिक २०८३ , आइतबार
    • ट्रेन्डिङ

    भूकम्पपीडितहरुले अनुदान रकमको पहिलो किस्ता सिधै बैंकबाट पाउने


    २८ जेष्ठ २०७३ , शुक्रबार

    भूकम्पपीडितहरुले अनुदान रकमको पहिलो किस्ता सिधै बैंकबाट पाउने

    जेठ २९ । भूकम्पपीडित १ लाख ७१ हजार ६ सय ७७ घरधनीहरुले पहिलो किस्ताको अनुदान रकम सिँधै बैंकवाट पाउने भएका छन । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले बैंकमार्फत वितरण गर्न स्थानीय विकास मन्त्रालय अन्तर्गत रहेको केन्द्रीय आयोजना कार्यान्वयन इकाईलाई निर्देशन दिएसंगै भूकम्पपीडितले सिधै बैंकबाट अनुदानको किस्ता रकम पाउने भएका हुन् ।

    money ex
    विभिन्न बैंकहरुसँग भएको समझदारी पत्र अनुसार प्राधिकरणले केन्द्रीय आयोजना कार्यान्वयन इकाईलाई स्थानीय स्तरमा जिल्ला विकास समिति मार्फत सेवा प्रदायक बैंकहरुसँग समन्वय गरी अनुदान वितरणको कार्य अघि बढाउन निर्देशन दिएको हो ।
    बैंक र अनुदान पाउने सूचीमा परेका थप घरधनीको क्षेत्रगत विभाजन गरी अनुदान रकम वितरणलाई प्रभावकारी बनाउन लागिएको प्राधिकरणले जनाएको छ । अनुदान रकम वितरणका लागि प्राधिकरणले यस अघि नै संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयमा रहेको केन्द्रीय आयोजना कार्यान्वयन इकाईलाई १२ अर्ब ४४ करोड ६८ हजार रुपैयाँ निकासा गरिसकेको छ ।
    प्राधिकरणले मनसुन अगाडी नै भूकम्पपिडीतलाई सामुहीक आवासमा राखिसक्ने गरि काम अगाडी वढाईरहेको जनाएको छ । सामुहिक आवास निर्माणको कामको जिम्मा नेपाली सेना र शहरी विकास मन्त्रालयलाई दिएकोले बर्खा अगाडी नै सामुहिक आवास निर्माणको काम सम्पन्न भइसक्ने प्राधिकरणको दावी छ । यसअघि प्रधानमन्त्री केपीशर्मा ओलीले प्रधिकरणको कामकारवाही प्रति असन्तुष्टि समेत व्यक्त गरेका थिए ।

    सम्बन्धित समाचार
    ताजा अपडेट

    Krisha Sanchar Griha P. LTD.
    SiddharthaNagar-12, Rupendehi
    E-mail: elumbinikhabar1@gmail.com
    Contact: 9851351793
    Department of Information and
    Broadcasting Regd. No:3214/78/79
    Press Council Registration No. 3262/2078/079

    हाम्रो टिम

    Executive Editor:
    Akash Chaudhary  (Kuldeep)
    News Coordinator :
    Bishan Gurung

    Copyright © All right reserved to elumbinikhabar.com Site By: SobizTrend.