logo
  • २४ कार्तिक २०८३ , सोमबार
    • ट्रेन्डिङ

    राप्रपाको अध्यक्षमा थापा


    २८ जेष्ठ २०७३ , शुक्रबार

    राप्रपाको अध्यक्षमा थापा

    लुम्बिनीखबर
    शान्तिनगर, जेठ  । राष्ट्रिय प्रजातन्त्र पार्टी सिद्धार्थनगर नगर समितिले वडा नं १३ को वडा भेलाबाट अर्जुन थापा मगरको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ ।

    kalu (2)
    नयाँ कार्य समितिमा उपाध्यक्ष मतिकला गुरुङ, सचिवमा सुरज मकाजु,  कोषाध्यक्षमा रेम सेन ठकुरी, सह–सचिवमा पुनम गुरुङ सहित १७ सदस्यीय नयाँ कार्यसमिति गठन गरिएको स्थानीय बबी तुलाचनले जानकारी दिए ।
    पार्टीका जिल्ला अध्यक्ष तथा पूर्व सिद्धार्थनगर नगरपालिकाका मेयर सागरप्रताप राणाको प्रमुख आतिथ्यतामा सम्पन्न भेलामा नगर का.व. अध्यक्ष राजेश ढकाल,युवा संगठनका अध्यक्ष शंकर खत्री,  युवा संगठनको सदस्य ईशान भण्डारी, जिल्ला सदस्य तथा संगठन विस्तार संयोजक नारायण उपाध्याय, जिल्ला सदस्य राजेश गुप्ता, सुरेन्द्र क्षेत्री लगायतको  सहभागिता रहेको थियो ।
    सिद्धार्थनगर क्षेत्रका लगभग २ सय जना पार्टी सदस्य तथा शुभचिन्तकहरुको उपस्थितिमा  भएको भेलामा विभिन्न वक्ताहरुले राप्रपा देशको राष्ट्रवादी पार्टी भएको भन्दै सबै युवा देखि  महिला पुरुषसम्म यो पार्टीमा आबद्ध हुन आह्वान समेत  गरेका थिए ।
    संविधान सभाको दोस्रो निर्वाचनमा नेपालको राजनीतिमा चर्चित राजनेताको उपाधि पाएका दीपक बोहोराले यहाँको ठूला राजनीतिक दललाई धुलो चटाइदिएपछि क्रियाशील बनेको राप्रपाका स्थानीय संघ संगठनहरु अहिले नगर क्षेत्रमा आफ्ना गतिविधि मार्फत जनसमुदायमाझ पुगेका छन् ।
    अरु नेताहरुले भन्दा दीपक बोहोराले जित्नु भैरहवाबासीकै जित हो जस्तो गरी स्थानीयले संविधानसभाको निर्वाचनमा उनलाई विजयी गराएर पठाए जस्तै स्थानीय नगर निर्वाचनमा दीपक बोहोराकै दलले विजय हासिल गर्ने सम्भावना  अहिले उनको दलले गरेको गतिविधिले देखिन्छ ।

    सम्बन्धित समाचार
    ताजा अपडेट

    Krisha Sanchar Griha P. LTD.
    SiddharthaNagar-12, Rupendehi
    E-mail: elumbinikhabar1@gmail.com
    Contact: 9851351793
    Department of Information and
    Broadcasting Regd. No:3214/78/79
    Press Council Registration No. 3262/2078/079

    हाम्रो टिम

    Executive Editor:
    Akash Chaudhary  (Kuldeep)
    News Coordinator :
    Bishan Gurung

    Copyright © All right reserved to elumbinikhabar.com Site By: SobizTrend.