लुम्बिनीखबर
भैरहवा, जेठ ।
रुपन्देहीको भैरहवामा केन्द्रीय कार्यालय रहेको सामाजिक संस्था नमुना एकीकृत विकास परिषद्ले अब महिलाहरुका लागि समेत विभिन्न सीपमूलक कार्यक्रमहरु गर्ने भएको छ ।

संस्थाले विगतका दिनहरुमा रुपन्देही, कपिलवस्तु, नवलपरासी, पोखरा र काठमाण्डौ जस्ता मुख्य सहर र ग्रामीण बस्तीहरुमा पुगेर स्वास्थ्य, शिक्षा र विभिन्न विकासशील कार्यहरु गर्दै आइरहेकोमा अब रोजगारमूलक कामहरु समेत गर्न अग्रसर भएको छ ।
स्थानीय र ग्रामीण क्षेत्रमा रहेका विपन्न महिला, एकल, विधवा, वैदेशिक रोजगारबाट फर्किएका, भारतचत वेचिएर स्वदेश फर्किएका, एचआइभी संक्रमितहरु, द्वन्द्वपीडित, अपाङ्ग महिलाहरुका लागि संस्थाले आयमूलक कामहरुलाई व्यापकता दिएको देखिन्छ । देशको कुल जनसंख्याको ५१ प्रतिशत रहेका महिलाहरु चुलोचौकोमा सीमित रहने, पुरुष निर्भरतामा बाँच्नुपर्ने परम्पराको अन्त्य गर्नका लागि महिला आयमूलक कार्यक्रम संचालनमा ल्याइएको नमुनाको सूचना शाखाले जनाएको छ ।
हाल नमुनाले कपिलवस्तु, नवलपरासी, रुपन्देही लगायतका ग्रामीण क्षेत्रमा महिला आयआर्जन मूलक कार्यक्रमहरु सुरु गरेको छ । स्थानीय स्तरमा उत्पादन हुने हस्तनिर्मित सामग्रीहरु निर्माण गर्न आर्थिक र प्राविधिक सहयोग महिलाहरुलाई उपलब्ध गराउने गरेको नमुनाले जानकारी दिएको छ ।
महिलाहरुले उत्पादन गरेका उक्त हस्तनिर्मित सामग्रीहरुलाई बजारसम्म पु¥याउने काम समेत संस्थाले आफै गर्ने गरेको नमुना एकीकृत विकास परिषद्की अध्यक्ष ज्ञानु पौडेलले बताईन् ।
संस्थाले आफ्नै निगरानीमा यस्ता हस्तकलाका सामानहरु उत्पादन गर्न सहयोग पु¥याईरहेको छ भने उत्पादन भएका सामान देशमा मात्रै नभएर विदेशमा समेत पठाउने प्रयास गरिरहेको देखिन्छ । आर्थिक आयआर्जन नहुँदा महिलाहरु शैक्षिक रुपमा, सामाजिक रुपमा आफ्ना बालबालिकालाई अगाडि ल्याउन नसकेपछि उनीहरुलाई आर्थिक उपार्जनको स्रोत उपलब्ध गराएको नमुना एकीकृत विकास परिषद्का निर्देशक दिनेश पौडेलले बताए ।
सामाजिक क्षेत्रमा आफ्नो लोकप्रियता सँगै संस्थाको पहिचानलाई अब्बल दर्जामा दर्ज गर्न सफल भएको यस संस्थाले महिलाको क्षेत्रमा समेत उत्कृष्ट काम गर्न सक्ने आफूले आशा राखेको महिला तथा बालबालिका कार्यालयकी प्रमुख उषा रावलले बताईन् ।
संस्थाले अहिले गाउँ–गाउँमा पुगेर महिलाहरुलाई एकातिर हस्तकलाका सामान उत्पादनका लागि कच्चापदार्थ देखि आर्थिक सहयोग उपलब्ध गराएको छ भने अर्कोतिर उनीहरुले उत्पादन गरेको सामान कलेक्सन सेन्टर नै खोलि किनिदिने गरेको छ ।
राष्ट्रियता र आफ्नो पहिचानका साथै आर्थिक रुपमा समेत सबल र उद्यमशिलता महिलाको पहिचान गर्न स्वदेशी हस्तकलाका सामानहरु महत्वपूर्ण हुने भन्दै नमुना एकीकृत विकास परिषद्ले विभिन्न ग्रामीण क्षेत्रमा उत्पादित सामानहरुलाई उचित बजारमूल्य दिएर देश विदेशमा बिक्री वितरण गर्ने सोच राखेको जनाएको छ ।
अहिले भैरहवाको बैंक कलोनीमा रहेको संस्थाको केन्द्रिय कार्यालयको कलेक्सन सेन्टरमा हस्तकलाका उत्पादित सामानहरु जम्मा गरिरहेको संस्थाले जनाएको छ भने संकलन गरिएका सामानहरु निकट भविष्यमा लुम्बिनी, भैरहवा, काठमाण्डौ र पोखरा हुँदै विदेशमा समेत विक्री कक्षहरु राखिने बताइएको छ । अहिले कलेक्सन सेन्टरमा संकलन गरिएका सामानहरु बिक्री प्रवद्र्धनका लागि गौतमबुद्ध अन्र्तराष्ट्रिय विमानस्थल भैरहवामा नमुना कोसेली घरको स्थापना गरी बिक्री वितरण सुरुवात गरिएको छ भने उल्लेखित अन्य स्थानहरुमा समेत खोलिने भएको छ ।
“सामाजिक तकथा आर्थिक रुपान्तरणमा महिला उद्यमशीलताको सहभागिता” भन्ने मुख्य उद्देश्यका साथ यो कोसेली घर संचालनमा आएको हो । “सामाजिक तथा आर्थिक रुपान्तरणमा महिला उद्यमशीलताको सहभागिता” भन्ने मुख्य उद्देश्यका साथ यो कोसेली घर संचालनमा आएको हो । हस्तनिर्मित सामानहरु कोसेली घर मार्फत बिक्री वितरण गरिने उद्देश्य रहेको छ ।
शुक्रबार कोसेली घरको उद्घाटन गर्दै रुपन्देहीका प्रमुख जिल्ला अधिकारी विष्णु प्रसाद ढकालले एकल, असहाय तथा द्वन्द्वपीडित महिलाका लागि नमुना कोसेली घरले पु¥याउने सहयोग उनीहरुका लागि महत्वपूर्ण हुने बताए ।
नमुना कोसेली घरमा अहिले ढकियाका विभिन्न प्रकारका सामानहरु, महिला सिंगार बाकस, पेन होल्डर, खुत्रुके, फलफूल ट्रे, ढाकाका सामानहरु, बुटीक तथा बुद्धसँग सम्बन्धित टिसर्ट, कुशबाट निर्मित चकटी, पोते उपलब्ध रहेको नमुना कोसेली घरले जनाएको छ ।
निवर्तमान शान्ति समितिकी अध्यक्षको जिम्मेवारी समेत निर्वाह गरिसकेकी कुशल समाजसेवी तथा नमुना एकीकृत विकास परिषद्की अध्यक्ष ज्ञानु पौडेल महिलाहरुको आयआर्जनमूलक काम र उनीहरुको अधिकारका निम्ति निरन्तर संघर्ष गर्ने एक कर्तव्यनिष्ठ महिला भएको भन्दै स्थानीय बुद्धिजीवीहरुले समेत नमुना कोसेली घरप्रशंसा गरेका छन् ।
असहाय महिलाहरुलाई उद्यमशीलता बनाउने उद्देश्यले सुरु गरिएको परियोजनामा विभिन्न जिल्लाका ग्रामीण क्षेत्रमा १७ वटा सहकारी मार्फत ६० लाख रुपैयाँ नमुनाले अनुदान दिएको छ । उत्पादित सामानहरु विशेषतः स्वदेशी तथा विदेशीहरुले उपहारको रुपमा प्रयोग गर्ने अपेक्षा नमुनाले राखेको छ ।