मर्चवार । रुपन्देहीको ईलाका प्रहरी कार्यालय (ईप्रका) मझगावाँले सीमा क्षेत्रबाट बेवारिसे विभिन्न किसिको मदिरा बरामद गरेको छ । ईप्रका मझगावाँबाट खटेको टोलीले मर्चवारी गाउँपालिका वडा नं. ६ भिलरहवाबाट १ लाख ९४ हजार १ सय बाराबरको मदिरा बरामद गरेको ईलाका प्रहरी कार्यालय मझगावाँका प्रमुख एवम् प्रहरी निरीक्षक हिमनाथ घिमिरेले बताए ।
भारतको सीमा क्षेत्रमा बेवारिसे अवस्थामा राखिएको कस्तुरी निलो ३९ कार्टुन , कस्तुरी निम्बु फिरेस ५० कार्टुन, जुली ४३ कार्टुन, ग्रेन ३ कार्टुन, टीटु जिरो ४ कार्टुन, उमंग पहेलो १२ कार्टुन र उमंग सेतो १५ कार्टुन गरी १ सय ६६ कार्टुन मदिरा बरामद गरेको प्रहरी निरीक्षक घिमिरे जानकारी दिएका छन् ।
बरामद गरिएको मदिराहरुको अवाश्यक कारवाहीको लागि आन्तरिक राजस्व कार्यालय भैरहवा रुपन्देहीमा पठाइएको घिमिरेले जानकारी दिएका छन् ।