झब्बर यादव । लुम्बिनीखबर
सिद्धार्थनगर, ११ असोज । रुपन्देही जिल्लाको भैरहवा क्षेत्रमा रहेको सिद्धार्थनगर सिटी अस्पतालमा निःशूल्क घुँडा प्रत्यारोपण असोज १४ गते आइताबार देखि १६ गते मंगलबार सम्म संचालन हुने भएको छ ।
असोज १० गते बुधबारका दिन सिद्धार्थनगर सिटी अस्पतालले पत्रकार सम्मेलन गरी निःशूल्क घुँडा प्रत्यारोपण कार्यक्रम ३ दिन सम्म संचालन गर्ने जानकारी गराएको छ ।
महामानव गौतम बुद्धको जन्मस्थल लुम्बिनिको प्रवेशद्वार सिद्धार्थनगर सिटी अस्पताल लुम्बिनी प्रदेशकै सुविधा भएको अस्पताल हो । यो भैरहवामा संचालित १०० वेडको सुविधा सम्पन्न अस्पताल सिद्धार्थनगर सिटी हस्पिटलले विभिन्न विशेषज्ञद्वारा सेवाहरु प्रदान गर्दै आइरहेको सिद्धार्थनगर सिटी अस्पतालका प्रबन्धक अर्जुन पौडेलले बताएका थिए ।
लुम्बिनी राजमार्ग नजिक रहेको यस अस्पतालले दुर्घटनामा परेका परि विभिन्न किसिमका हाडजोर्नी तथा न्युरो सर्जरी सेवा संचालन गर्दै आईरहेको छ ।
अस्पतालमा यस क्षेत्रमै पहिलो पटक अत्याधुनिक तीन वटा मोडुलर अप्रेशन थिएटर, ६४ स्लाईसको सिटी स्क्यान मेसिन, अमेरिका तथा जर्मनमा निर्मित मेसिनहरुवाट काठमाण्डाँैका विभिन्न प्रतिष्ठित अस्पतालहरुमा कार्यरत विशेषज्ञ डाक्टरहरु पूर्ण समयको रुपमा कार्यरत रही सेवा प्रवाह गर्दै आइरहेको प्रवन्धक पौडेलले जानकारी दिएका थिए ।
यस अस्पतालमा हाल आएर विदेशीहरुले सेवा दिने तथा विदेशी डाक्टर आई यहाँका गरीब तथा विपन्न वर्गका विरामीहरुलाई सेवा प्रदान गरिरहेको छ । जस अन्तर्गत थाईल्याण्डको श्रीराज अस्पतालका हाडजोर्नी तथा नशा रोग विशेषज्ञ डाक्टरहरुको टोली र सिद्धार्थनगर सिटी हस्पिटलका हाडजोर्नी तथा नशा रोग विशेषज्ञ डाक्टरहरुको टोली द्वारा २८ जुलाई २०२३ मा लुम्बिनीको शान्ति दीप नजिकै रहेको पिस हार्मोनी सेन्टरमा करिब ८ सय जना विरामीहरुको हेल्थ स्कृनीङ्ग चेक अप क्याम्प संचालन गरिएको थियो ।
सो संचालित क्याम्पमा निःशुल्क रुपमा औषधी वितरण समेत गरिएको थियो । सो हेल्थ स्कृनीङ्ग क्याम्प संचालनको सम्पूर्ण व्यवस्थापन थाई मोनाष्ट्रि लुम्बिनीले गरेको र उक्त हेल्थ स्कृनीङ्ग क्याम्पबाट छनोट भएका ३६ जना गरीव तथा विपन्न वर्गका विरामीहरुको करिव ५ देखि ६ लाख रुपैयाँ लाग्ने घुँडा तथा हिप प्रत्यारोपण सर्जरी सेवा श्रीराज अस्पताल थाईल्याडले निःशूल्क रुपमा आइतबार देखि मंगलबार सम्म सिद्धार्थनगर सिटी हस्पिटल भैरहवामा गर्न गहिरहेको प्रबन्धक पौडेलले बताएका थिए ।
उक्त घुँडा तथा हिप प्रत्यारोपण सर्जरी सेवा प्रदान गर्नको लागि श्रीराज हस्पिटल थाईल्याणको हाडजोर्नी तथा नशा रोगका विभाग प्रमुख डा.किराती चेरेन्चोल्भन्चीको नेतृत्वमा १२ जना विशेषज्ञ डाक्टरहरु, फिजियोथेरापिष्ट र नर्सिङ्ग कर्मचारी सहित करिव २५ जना मेडिकल टिम र यस सिद्धार्थनगर सिटी हस्पिटलका हाडजोर्नी तथा नशा रोग विभाग प्रमुख डा.जावेद अहमद खाँनको नेतृत्वमा उक्त कार्यक्रम गरिने अस्पतालका प्रबन्धक पौडेलले बताएका थिए ।
उक्त कार्यक्रमबाट लुम्बिनी क्षेत्रमा बसोबास गर्ने गरीव तथा बिपन्न वर्गका विरामिहरु लाभान्वित उद्देश्यका साथ कार्यक्रमको आयोजना गरिएको सिटी अस्पताल स्रोतले जनाएको छ । थाईल्याण सरकारको साथ र सहयोगमा सहयोग नेपालमै पहिलो पटक ३ दिनमा ३६ जनाको घुँडा तथा हिप प्रत्यारोपण हुन गईरहेको सिटी अस्पतालका प्रबन्धक पौडेलले जानकारी गराएका थिए ।
अस्पतालको भौतिक संरचना र अस्पतालमा प्रयोग भएका अत्याधुनिक उपकरणहरुको उपलब्धताले गर्दा नै अस्पताललाई अन्तराष्ट्रिय स्तरबाट छनोट गरी उक्त कार्यक्रम संचालन हुने भएको प्रबन्धक पनैडेलले जनाएका थिए ।
कार्यक्रममा थाई मोनाष्ट्रि लुम्बिनीको पहलमा श्रीराज अस्पताल थाईल्याडको सम्पूर्ण सहयोगमा सिद्धार्थनगर सिटी अस्पतालमा हुन गहिरहेको कुरा जानकारी गराएका थिए ।
कार्यक्रममा अब्बोट अफ थाई राजकीय मन्दिर प्रमुख सुफोट भन्तेले महामानव गौतम बुद्ध जन्मेपछि आफू ७ पाइला टेकेको कुरा सम्झेर उनको जन्म स्थल लुम्बिनीलाई चयन गरि थाइल्याण्डका श्रीराज हस्पिटल हाडजोर्नी तथा नशा रोग विभाग प्रमुख डा. किरातीले गर्ने बताएका थिए । बुद्धको गुनलाई सम्झेर थाईले लुम्बिनीवासीलाई घुँडा तथा हिप प्रत्यारोण कार्यक्रम गरेको बताएका थिए । गौतम बुद्धको जन्मस्थल लुम्बिनीमा लुम्बिनीवासीले दिएको योगदान उनीहरुले गर्दा र लुम्बिनीले गर्दा थाईहरु नेपालमा आउने पाएको कुरा बताएका थिए ।
कार्यक्रममा भिक्षु धम्मरत्न भन्ते, सिटी अस्पतालका मार्केट म्यानेजर पंकज पाण्डेय, पत्रकार लगायतको उपस्थिति रहेको थियो ।