असलम खाँन । लुम्बिनीखबर
मर्चवार, ११ असोज । रुपन्देहीको मर्चवारी गाउँपालिका अध्यक्ष गया प्रसाद बरईले मुस्लिम धर्मावलम्बीहरूले मनाउने इस्लाम धर्मका प्रचारक पैगम्बर मोहम्मदको जन्मोत्सवको उपलक्ष्यमा मनाइने मोहम्मद जयन्तीको शुभकामना व्यक्त गरेका छन् ।

अध्यक्ष बरईले स्वदेश तथा विदेशमा रहनुभएका मुस्लिम धर्मावलम्बी तथा सम्पूर्ण नेपालीमा असोज ११ गते बिहिबारका दिन मोहम्मद जयन्तीको हार्दिक शुभकामना व्यक्त गरेका छन् । सोही मोहम्मद जयन्तीको अवसरमा सुस्वास्थ्य, दिर्घायु एवम् प्रगतिको कामना सहित बरईले सम्पूर्णमा शुभकामना व्यक्त गरेका छन् ।