समाज प्रति उत्तरदायित्वका साथ अगाडी वढने
कमल रायमाझी
भैरहवा,जेठ ३० ।विप्रेषण कारोवार वाट देशलाई आर्थिक टेवा पुराउने उद्धेश्यले स्थापना भएको बुम रेमिटेन्सले भैरहवामा आफ्नो पहिलो पोइन्टको शुभारम्भ गरेको छ ।

भैरहवाको नारायण स्थानमा रहेको रेव्वो मनि ट्रान्सफरले बुम रेमिन्टको पहिलो पोइन्टको रुपमा आईतवार वाट आफ्नो सेवा सुभारम्भ गरेको हो ।
नेपाल राष्ट्र बैकका निर्देशक रेवति प्रसाद नेपालले आज बुम रेमिट भैरहवा शाखाको उद्धघाटन गरेका छन् ।
काठमान्डौको सोल्टीमोडमा आफ्नो केन्द्रिय कार्यालय रहेको यो रेमिटेन्सले नेपालका सवै क्षेत्रमा र विदेश वाट समेत पैसा पठाउन सहयोग पुराउने बुम रेमिटका प्रवन्ध निर्देशक धिरेन्द्र पन्तले जनाए ।
उनले नेपालमा रहेका अधिकांसा विकास बैक र वाणिज्य वैकहरुले बुम रेमिटको सेवा प्रवाह गर्ने भएको छन् ।
भैरहवामा अहिले सम्म साइन रेसुङगा वैक, पश्चिमाञ्चल फाइन्नास, सिद्धार्थ फाइन्नास लगाएतले यो वुम रेमिटको सेवा प्रदान गरेका छन भने कुमारी बैक र एनसीसी वैकले निकट भविष्यमा यो सेवा प्रदान गर्ने भएको वुम रेमिटेन्सले जनाएको छ ।
रेमिटेन्सले प्रत्येक वर्ष ५ वटाका दरले नेपालका हरेक क्षेत्रमा आफ्ना पोइन्टहरु समेत स्थापना गरि कारोवार गर्ने जनाएको छ । रेमिटेन्सले टाइअफ मोडलका रुपमा काम गर्ने उद्धेश्य समेत राखेको छ ।

जनचाहना अनुसार रेमिटेन्सले आउटलेट र एक्सचेन्स शाखाहरुको स्थापनालाई समेत निरन्तरता दिने भएको वुम रेमिटेन्सका प्रमोटर तथा रेम्वो मनि चेञ्जरका सञ्चालक उमेश थापा मगरले जनाए ।
३ करोड ३७ लाख कुल पुजि वाट सुरुवात गरिएको वुम रेमिटेन्स अहिले अन्तराष्ट्रिय क्षेत्रमा समेत आफ्नो कारोवार वढाउने कार्यमा जुटेको देखिन्छ ।
यसले विदेशमा रहेका एक्सचेन्ज काउन्टरहरुमा बुमको शाखा विस्तारमा समेत तिव्रता दिएको छ । खाडी मुलुक , युरोप र अमेरिका लगाएतका देशहरुमा यसले आफ्ना शाखाहरु सञ्चालन ल्याउने जनाएको छ ।
यस रेमिटेन्सले सर्वशुलभ दरमा आफ्नो कारोवार गर्ने भन्दै बुम रेमिटेन्सका सञ्चालकहरुले सामाजिक क्षेत्रमा समेत यसको नाफाका केहि हिस्सा लगानी गर्ने जनाएका छन् ।

३७ जना लगानीकर्ता रहेको यो रेमिटेन्सका ७ जनाको सञ्चालक समिति रहेको छ । जसमा अध्यक्ष प्राणेश शर्मा,प्रवन्ध निर्देशकमा धिरेन्द्र पन्त, सञ्चालकहरुमा श्रृजना रायमाझी, सुनिल राई, मुकेश आर्चाय, प्रविणा पन्त, डा. शिवा थापा रहेका छन् ।
आफ्नो जिन्दगीको उर्जाशील समय वैंकिङ क्षेत्रमा विताएका बुम रेमिटेन्सका प्रवन्धक निर्देशक धिरेन्द्र पन्त को गुरुयोजनामा सञ्चालनमा आएको यो रेमिटेन्सले आगामी दुइ महिना भित्रमा ३ सय एजेन्ट नेटवर्क मार्फत सेवा विस्तार गर्ने भएको छ ।
नेपालका बैंकरहरुमा अनुभवी र कुशल प्रशासक समेत रहेका बुम रेमिटका प्रवन्धक निर्देशक पन्तले सरकारलाइ समेत रेमिटेन्सको पैसा उत्पादनशिल क्षेत्रमा लगानी गर्नु पर्ने सुझाव दिदै सामाजिक क्षेत्रमा बुम रेमिट सदैव लाग्ने वताएका छन् ।