logo
  • २५ कार्तिक २०८३ , मंगलबार
    • ट्रेन्डिङ

    दशैंका लागि भैरहवामा नयाँ नोट वितरण सुरु


    ३० असोज २०८० , मंगलबार

    दशैंका लागि भैरहवामा नयाँ नोट वितरण सुरु

    बिशन गुरुङ


    भैरहवा,  ३० असाेज। नेपाल राष्ट्र बैंक सिद्धार्थनगरले दशैँका लागि नयाँ नोट वितरण सुरु गरेको छ । असोज २९ गतेबाट नयाँ नोट वितरण गर्न सुरु गरेको हो । ग्राहकलाई मध्य नजर गरी ४ वटा काउन्टर निर्माण गरी नयाँ नोट वितरण सुरु गरिएको राष्ट्र बैंकको सिद्धार्थनगर कार्यालयले जनाएको छ ।

    नयाँ नोट वितरण भएपछि नयाँ नोट साट्नेहरुको लाइन लागेको राष्ट्र बैंकको सिद्धार्थनगरको बाहिर पट्टि देखिन्छ । रु. ५ देखि १०० सम्मका नयाँ नोट वितरण गर्ने व्यवस्था राष्ट्र बैक सिद्धार्थनगरले गरेको छ । एक व्यक्तिले रु.१८ हजार ५ सय सम्मको नयाँ नोट साट्न पाउने व्यवस्था छ । नेपाल राष्ट्र बैंक सिद्धार्थनगरले नयाँ नोटका साथै यो वर्षदेखि प्रयोगमा आइसकेका सफा नोट समेत वितरण सुरु गरेको छ । वृद्ध, असाहय, अशक्तका लागि राष्ट्र बैंकले विशेष काउन्टरको व्यवस्था गरी नयाँ नोट वितरण गरेको नेपाल राष्ट्र बैंक सिद्धार्थनगरका प्रमुख सत्येन्द्र राज सुवेदीले बताए ।

    नेपाल राष्ट्र बैंक सिद्धार्थनगरले प्रत्येक दिन ४ हजार जना सम्मलाई नयाँ नोट वितरण गर्ने गरेको छ । वाणिज्य बैंकहरुलाई सफा नोट वितरण गर्न अधिकार प्रदान गरेको छ । सफा नोटलाई पुनः प्रयोग गर्नका लागि ग्राहकहरुलाई समेत जनचेतना प्रदान गरेको देखिन्छ । नेपाल राष्ट्र बैंकमा वर्षाैदेखि थुप्रिएका सफा नोट पुनः प्रयोग लागि वितरण गरिएको नेपाल राष्ट्र बैंक सिद्धार्थनगरले जनाएको छ ।

    पुराना तथा सफा नोट पुनः प्रयोग हुदाँ छपाईमा लाग्ने राष्ट्रको ठूलो रकम समेत बचत हुने नेपाल राष्ट्र बैंक सिद्धार्थनगरका प्रमुख सत्येन्द्र राज सुवेदीले जनाए । राष्ट्र बैंकले ग्राहकलाई कियू आर कोड मार्फत समेत नयाँ र सफा नोट प्राप्त गर्ने व्यवस्था गरेको छ ।

    सम्बन्धित समाचार
    ताजा अपडेट

    Krisha Sanchar Griha P. LTD.
    SiddharthaNagar-12, Rupendehi
    E-mail: elumbinikhabar1@gmail.com
    Contact: 9851351793
    Department of Information and
    Broadcasting Regd. No:3214/78/79
    Press Council Registration No. 3262/2078/079

    हाम्रो टिम

    Executive Editor:
    Akash Chaudhary  (Kuldeep)
    News Coordinator :
    Bishan Gurung

    Copyright © All right reserved to elumbinikhabar.com Site By: SobizTrend.