logo
  • २५ कार्तिक २०८३ , मंगलबार
    • ट्रेन्डिङ

    नवलपरासीको चाडपर्व लक्षित सुरक्षा योजना शुरु


    ३० असोज २०८० , मंगलबार

    नवलपरासीको चाडपर्व लक्षित सुरक्षा योजना शुरु

    ज्ञानेश्वर साहानी
    परासी । जिल्ला प्रहरी कार्यालय नवलपरासी (सुस्ता बर्दघाट पश्चिम) ले चाडपर्व लक्षित सुरक्षा योजना सुरु गरेको छ । शुक्रवार पत्रकार सम्मेलन गरि चाडपर्व लक्षित सुरक्षा योजनाका बिषयमा जानकारी गराइएको छ ।
    प्रहरीको सुरक्षा योजना जिल्लाका संवेदशिल क्षेत्रका साथै मानिसहरुको जमघट तथा चोरी डकैती हुने स्थलमा बढि केन्द्रित हुने जिल्ला प्रहरी कार्यालय नवलपरासीले जनाएको छ । जिल्लाका सवै सात वटा पालिकामा यो योजना कार्यान्वयनमा आएको जिल्ला प्रहरी कार्यालय नवलपरासीको सुचना शाखाले जनाएको छ ।
    जिल्लामा चार्डपर्वलाई शान्तिपूर्ण वातावरणमा सम्पन्न गर्नका लागि जिल्ला प्रहरी कार्यालयले चार्डपर्व लक्षित कार्यक्रमको योजना बनाएको नवलपरासी प्रहरीले बताएको छ । मानिसको ज्यू ज्यानको सुरक्षाका लागि नेपाल प्रहरीले चाडपर्व भरि आफ्ना गस्तीहरुले नियमित गर्ने जिल्ला प्रहरी कार्यालय नवलपरासीका प्रमुख प्रहरी उपरिक्षक काजिकुमार आचार्यले बताउनुभयो ।
    नेपालीहरुको महानपर्व विजय दशमी, दिपावली र छठ पर्वको अवसरमा हुन सक्ने चोरी, डकैती, लुटपात तथा शान्ति सुरक्षामा खलल पुर्याउने सक्ने अपराधिक घटनाहरुलाई ध्यानमा राखि यस्ता प्रकारका क्रियाकलाप गर्न नदिई शान्तिपूर्ण वातावरण सिर्जन गरी चार्डपर्व सम्पन्न गर्न योजना बनाएको जिल्ला प्रहरी कार्यालय नवलपरासी (सुस्ता बर्दघाट पश्चिम) सुचना अधिकारी प्रहरी नायब उपरीक्षक रेशम बोहराले जानकारी दिनुभयो ।
    चार्डपर्वलाई शान्तिपूर्ण वातावरणमा सम्पन्न गर्नका लागि नवलपरासी जिल्ला प्रहरी कार्यालयले विभिन्न किसिमका सुरक्षा योजनाहरु जारी गरेको छ । यी योजनाका आधारमा प्रहरीले आफ्ना सुरक्षा संयन्त्र परिचालन गरेको सुचना अधिकारी बोहराले बताउनुभयो ।
    सुचना अधिकारी बोहराका अनुसार जिल्ला सुरक्षा समितिबाट एकीकृत सुरक्षा योजना लागुभई कार्यान्वयनका साथै जिल्ला प्रहरी कार्यालयबाट चार्डपर्व सुरक्षा योजना निमांण गरी ४ सय ८८ जना प्रहरी विभिन्न डियूटीमा परिचालन गरिएको बताउनुभयो ।
    बैंक, वित्तीय संस्था, सुनचाँदी, पसल लगायत आर्थिक कारोबार हुने स्थानका लागि सादा पोशाक र यूनिफर्ममा प्रहरी परिचालन गरिएको र यात्रुबाहक सवारी साधनहरुमा सादा पोशाकमा प्रहरी परिचालन गरिएको सुचना अधिकारी तथा प्रहरी नायब उपरीक्षक बोहराले बताउनुभयो ।
    जिल्लामा रहेको विभिन्न पालिकामा यात्रुबाहक सवारी साधनका यात्रुलाई सुरक्षित र सहज आवगमनमा सहजीकरण गर्दै बढी भाडा असुल्ने र सिट क्षमता भन्दा बढी यात्रु वोक्ने, आरक्षण सिट तथा यात्रुको सामान छुट्ने लगायतका गतिविधीलाई विशेष चेकजाँच गर्ने प्रहरी परिचालन गरिएको छ ।
    प्रहरीको नियम विपरित सवारी साधन चलाउने गतिविधीलाई निस्तेज गर्न पूर्व पश्चिम राजमार्ग अन्तर्गत पर्ने सुनवल नगरपालिका वडा नम्बर १ सुनवल चोक, वडा नम्बर १२ मा पर्ने भुमही चोक, बर्दघाट नगरपालिका वडा नम्बर ४ मा पर्ने टीसिएन चोक, भैरहवा भुमही हुलाकी सडक मार्ग अन्तर्गत रामग्राम नगरपालिका वडा नम्बर ५ वाइपास चोक , नेपाल भारत सीमा अन्तर्गत पाल्हीनन्दन गाउँपालिका वडा नम्बर १ महेशपुर नाका गरी जम्मा पाँच स्थानमा यात्रु अथवा नागरिक सहायक कक्ष स्थापना गरि सेवा प्रवाह गर्दै आइरहेको प्रहरी नायब उपरीक्षक बोहराले जानकारी दिनुभयो ।
    नवलपरासी जिल्ला प्रहरी कार्यालयले घटना, दुर्घटनामा तत्काल प्रहरी प्रतिक्रियाका लागि दु्रत प्रतिक्रिया समय परिचालन गरेको छ । लागुऔषध, हातहतियार, अबैध गतिविधी नियन्त्रणका लागि सीमा नाकामा कुकुरवाट चेकजाँचको व्यवस्था मिलाईएको प्रहरी नायब उपरीक्षक बोहराले बताउनुभयो ।
    जनचेतनामूलक सुरक्षा पर्चा तथा जिङ्गल निर्माण र सन्देश प्रवाह गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
    नवलपरासी जिल्ला प्रहरी कार्यालयले जिल्ला प्रशासन कार्यालय, घरेलु तथा साना उद्योग कार्यालय, नगरपालिका लगायतका सरोकारवाला निकायहरु संग समन्वय गरी बजार अनुगमन तीव्र पारी कालो बजारी, मिसावट, मूल्यसुची नराख्ने, म्याद गुजे्रका सामान बेचविखन तथा कृत्रिम अभाव आदिमा कडाईका साथ निगरानी बढाएको जिल्ला प्रहरी कार्यालय स्रोतले जनाएको छ ।
    मादक पदार्थ सेवन र लागु पदार्थ सेवन चेकजाँचमा कडाईका लागि विभिन्न स्थानमा चौविसै घण्टा ट्राफिक प्रहरी सहितको संयुक्त चेकिङ् कार्यलाई अगाडि बढाएको जिल्ला प्रहरी कार्यालय नवलपरासीका प्रहरी नायब उपरीक्षक बोहराले बताउनुभयो ।
    यी कार्यका साथै जिल्ला प्रहरी कार्यालयले चौविसै घण्टे राजमार्ग विशेष चेकिङ्ग र पूर्वपश्चिम राजमार्ग तथा हुलाकी राजमार्गमा हतियार सहितको क्रस पट्रोलिङ्ग जस्ता योजना बनाएर कार्यान्वयन समेत गरेको प्रहरी नायब उपरीक्षक बोहराले जानकारी दिनुभयो ।
    जिल्ला प्रहरी कार्यालय नवलपरासीले जिल्लाबासी जनसमुदायलाई चाडपर्वको समयमा शान्तिपूर्ण वातावरण सिर्जना गर्न विभिन्न प्रयासहरु गरेको देखिन्छ ।
    प्रहरी नायब उपरीक्षक बोहराका अनुसार–आफू घर छोडेर बाहिर जाने कुरा सामाजिक सञ्जालमा नराख्न र घर छोडेर जान परेमा झ्याल ढोका राम्रो संग बन्द गरी छिमेकीलाई खबर गरी जानु पर्छ । आफनो कोठामा भाडामा बसेका व्यक्तिहरुको स्पष्ट परिचय खुल्ने कागजात तथा फोटो सहित विवरण तथा अभिलेख राख्नुपर्छ । कुनै पनि मेला तथा भिडभाडमा बहुमूल्य गरगहना लगाएर नजान र जान परेमा हुन सक्ने चोरी तथा पाकेटमारीबाट चनाखो रहनुपर्छ ।
    यात्राको क्रममा कुनै पनि अपरिचित व्यक्तिसंग घुँलमिल भई आफनो व्यक्तिगत गोप्यनियता नखोल्न र उनीहरुले दिएको बस्तु तथा खानेकुरा नखान बताउनुभयो ।
    सुन, डालर साट्न् तथा विभिन्न चिठ्ठाको नाममा झुक्याई ठगी गर्न सक्ने हुँदा कुनै पनि कुराको प्रलोभनमा नपरी त्यस्ता व्यक्ति तथा संस्था संग सजग रहन र संका लागेमा तुरुन्तै प्रहरीलाई खबर गर्नुपर्ने प्रहरी नायब उपरीक्षक बोहराले बताउनुभयो ।
    चार्डपर्वमा रमाइलो गर्ने बहानामा कानून द्वारा प्रतिवन्धि जुवा, तास जस्ता कार्यहरु नगर्न र पटाखा, भूईचम्पा अतिसवाजी जस्ता विस्पोटजन्य मानवीय एवम् भौतिक जन्य तथा वातावरणीय क्षति पुग्ने हुँदा यसको प्रयोग नगर्नुहुन प्रहरी नायब उपरीक्षक बोहरा आफनो अनुरोध रहेको बताउनुभयो ।
    नसालु तथा मादक पदार्थ सेवन गरी तिव्र गतिमा सवारी साधन चलाउदा दुर्घटना हुन सक्ने हुँदा ट्राफिक नियमको पालना गरी दुर्घटनाबाट आफू पनि बचौ र अरुलाई पनि बचाऔ अभियानमा सारिक हुनुआवश्यक रहेको बताउनुभयो ।
    सामाजिक सदभाव तथा धार्मिक सहिष्णुतामा खलल पुग्ने किसिमको उश्रृङ्खल, अवाच्छित तथा अपराधिक क्रियाकलाप नगर्न, अपराध नियन्त्रण तथा अपराध रहित समाज निर्माण सदैव सहयोग पुर्याउन र कुनै पनि समस्या परेमा नजिकको प्रहरीमा खबर गर्नुहुन प्रहरी नायब उपरीक्षक बोहराको अपिल रहेको छ ।

    सम्बन्धित समाचार
    ताजा अपडेट

    Krisha Sanchar Griha P. LTD.
    SiddharthaNagar-12, Rupendehi
    E-mail: elumbinikhabar1@gmail.com
    Contact: 9851351793
    Department of Information and
    Broadcasting Regd. No:3214/78/79
    Press Council Registration No. 3262/2078/079

    हाम्रो टिम

    Executive Editor:
    Akash Chaudhary  (Kuldeep)
    News Coordinator :
    Bishan Gurung

    Copyright © All right reserved to elumbinikhabar.com Site By: SobizTrend.