ज्ञानेश्वर सहानी । लुम्बिनीखबर
नवलपरासी, ३० असोज । जिल्ला नवलपरासीको पाल्हीनन्दन गाउँपालिका वडा नम्बर १ मा लागुऔषध बरामत भएको छ ।
पाल्हीनन्दन गाउँपालिकाको वडा नम्बर १ स्थित रहेको बन्धामा भारतबाट अबैध रुपमा लागुऔषध लिएर नेपाल तर्फ पैदल आउदै गरेको एक व्यक्ति लागुऔषध छोडी फरार भएको छ ।
ईलाका प्रहरी कार्यालय महेशपुरका प्रहरी निरीक्षक फल बहादुर तामाङको कमाण्डमा खटिएका प्रहरी टोलीले उक्त व्यक्ति माथि संका लागेर चेकजाँचका लागि बोलाउँदा सो व्यक्ति सबै समान त्यही छोडेर भागेको हो ।
प्रहरी बरामत गरेको सामग्रीमा विभिन्न किसिमका औषधहरु रहेको प्रहरी स्रोतले जनाएको छ । उक्त लागुऔषध अनुमानित ९ लाख ८१ हजार ६२ रुपैया बराबरको लागुऔषध रहेको र सो लागुऔषध भन्सार कार्यालयमा बुझाउने तयारी भई रहेको सुचना अधिकारी रेशम बोहराले बताउनुभयो ।