बिशन गुरुङ्ग ।
भैरहवा, ३० असोज । सिद्धार्थनगर नगरपालिकाले रोपेका सडक गमलाहरु हावाहुरीले ढल्न थाले पछि स्थानीयबासीहरुमा त्रास श्रृजना भएको छ । नगरको नारायणपथ, बैंक रोडमा रोपिएका यस्ता सडक गमलाहरु सामान्य हुरी बतासमा पनि ढल्न थालेका छन् । नगरको सुन्दरताको लागि भनेर रोपिएका यस्ता विरुवाहरुको मापदण्ड तथा व्यवस्थापनको पाटोमा नगरपालिका बेखबर बनेको देखिन्छ । गमलामा रोपिएका बिरुवाहरुको काटछाट नगर्दा झा“गिए सामान्य हुरीबतासमा ढल्न थालेका छन् । तलब भत्ता तथा सेवा सुविधा लिन तल्लिन नगरपालिकाका जनप्रतिनिधि र कर्मचारी जनताका समस्यासंग जानकार देखिदैनन् ।
सडक सुन्दरीकरणका लागि माटोमा रोपिने बिरुवा मानिस हिड्ने सिमेन्टेड फुटपाथमा माथि गमलामा रोपिदा बिरुवाको जराको पकड हुने ठाउ“ नपाउ“दा ढल्न थालेका हुन् । यसको वैज्ञानिक व्यवस्थापन गर्नका लागि स्थानीयबासीले सिद्धार्थनगर नगरपालिकासंग अनुरोध गरेका छन् ।