logo
  • २५ कार्तिक २०८३ , मंगलबार
    • ट्रेन्डिङ

    दशैको बजार ! नेपालमा सुनसान, सुनौलीमा भिडभाड (भिडिओ)


    २ कार्तिक २०८० , बिहिबार

    दशैको बजार ! नेपालमा सुनसान, सुनौलीमा भिडभाड (भिडिओ)

    बिशन गुरुङ ।
    भैरहवा, कार्तिक २ । नेपालीहरुको महान पर्व दशै नजिकिएसंगै सीमापारी सुनौली बजारमा भिडभाड शुरु भएको छ । दैनिक एक हजार जना भन्दा बढि नेपाली सीमापारी पुगेर किनमेल गर्ने गरेको देखिन्छ, तर नेपालका भैरहवा, बुटवल क्षेत्रमा रहेको बजार भने सुनसान छन् ।

    सिद्धार्थ उद्योग बाणिज्य संघ रुपन्देहीको पहलमा रु.१०० भन्दा धेरै समान भारतबाट खरिद गरेर ल्याउनेहरुलाई भन्सार शुल्क लिने व्यवस्था भन्सार विभागले गरेपनि कार्यान्वयन पक्ष कमजोर देखिएको छ । जसका कारण नेपालीहरु रुपन्देहीसंग सीमा जोडिएका भारतीय बजार सुनौली, भगवानपुर, कालिदह तथा कोलही र नौतनवासम्म किनमेल गर्न पुगेका छन् । रु. १०० को भन्दा बढी समान ल्याउँदा भन्सार शुल्क तिर्नुपर्ने बाध्यता विगतमा हँुदा कम नेपाली सीमाक्षेत्रमा किनमेल गर्न जाने गर्दथे । अहिले भने भन्सारमा कडाई नहुँदा भारतीय बजारमा किनमेल गर्न जानेहरुको सख्या अधिक देखिन्छ ।

    चाडपर्वको शुरु भएसंगै भारतीय बजारबाट नेपालतर्फ अबैधरुपमा क्यारिङ गरेर करोडौंका चिनी, कपडा, खाद्यान्न, किरानाका समान, खसी र कुखुराहरु नेपाल भित्रिने गरेको सीमाक्षेत्रमा बस्ने नेपालीहरु बताउँछन् । यसको रोकथाम र न्यूनीकरणका लागि सरोकारवाला निकायले ध्यान दिन जरुरी छ ।

    सम्बन्धित समाचार
    ताजा अपडेट

    Krisha Sanchar Griha P. LTD.
    SiddharthaNagar-12, Rupendehi
    E-mail: elumbinikhabar1@gmail.com
    Contact: 9851351793
    Department of Information and
    Broadcasting Regd. No:3214/78/79
    Press Council Registration No. 3262/2078/079

    हाम्रो टिम

    Executive Editor:
    Akash Chaudhary  (Kuldeep)
    News Coordinator :
    Bishan Gurung

    Copyright © All right reserved to elumbinikhabar.com Site By: SobizTrend.