ज्ञानेश्वर सहानी । लुम्बिनीखबर
नवलपरासी, ४ कार्तिक। पश्चिम नवलपरासीको पाल्हीनन्दन गाउँपालिका वडा नं २ गोपालपुरमा पटाका बरामत भएको छ।
गाउँपालिका स्थित गोपालपुर नेपाल र भारतको सीमा छुट्याउने दशगजा नजिकै रहेको बगैचामा लुकाई छिपाई अनुमानित ९ लाख मूल्य बराबरको विस्पोठ पटाका बरामत गरेको हो।

हिजो शुक्रवार विशेष सुचनाको आधारमा अनुमानित मुल्य रु ९ लाख ६ हजार बरावरको विभिन्न प्रकारका पटका प्रस्तावित सीमा सुरक्षा गुल्म हरपुरकाे टोलिले बरामद गरेको छ।
बरामद पटाका जिल्ला प्रहरी कार्यालय लगायत सराेकारवाला निकायहरूकाे रोहबरमा नस्ट गरिएको छ।