जमुहनी तालको सरसफाई माओवादी केन्द्रको अगुवाईमा
पशुपति यादव। लुम्बिनीखबर
रोहिणी, ५ कार्तिक। रुपन्देहीको ओमसतिया गाउँपालिका वडा नं ६ मा अवस्थित जमुहानी ताललाई माओवादी केन्द्रले सरसफाई गरेको छ।
नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्रले गाउँपालिका स्तरीय वडा दसैं, शुभ दिपावली र छठ पर्वको अवसरमा शुभकामना आदानप्रदान सरसफाईबाट सम्पन्न गरेको केन्द्रका टोल कमिटीले जनाएको छ।
शुभकामना आदानप्रदानको अवसरमा पर्यटकीय ताल जमुहानीमा सरसफाईबाट शुभारम्भ गरी शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको ओमातिया माओवादी केन्द्रको सचिवालयले जनाएको छ।

शुभकामना आदाप्रदान कार्यक्रमका प्रमुख अतिथि तथा तीन महीने अभियानका रुपन्देही इन्चार्ज स्थायी कमिटी सदस्य पूर्व मन्त्री गणेशमान पुनले समाज रुपान्तर, समाजबाद स्थापित सहितको अभियानमा आफूहरु अघि बढेको बताए।
यो शुभकामना कार्यक्रम आशीर्वाद र भाषण मात्र हैन आज पर्यटकीय तालको सरसफाईबाट शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न गर्ने पुनको भनाई रहेको थियो।
घर घरमा माओवादी, जनजनमा माओवादी रूपान्तरण अभियानमा शुभकामना आदानप्रदानलाई भाषणबाट शुभकामनाका साथै तालको सरसफाईमा मिहिनेत गरी सम्पन्न गरेकाले समाज रुपान्तरण अभियान सार्थकता पाउने उनले विश्वास व्यक्त गरेका थिए।

प्रकृति र संस्कृति मानव उत्पत्ति संगसँगै आइरहेको समय अनुसार संस्कृतिमा रहेको विकृतिलाई कट्छाट गरी अघि बढ्नु जरुरी रहेको पुनको भनाई रहेको थियो।
शुभकामना पश्चयात प्रमुख अतिथि पुन आफू तालमा प्रबेश गरी ताललाई सरसफाई अभियान सुरुवात गरे पछि पार्टीका कार्यकर्ताहरु तालमा प्रबेश गरी तालमा रहेका झारपातलाई सरसफाई गरेको ओमसतिया माओवादी केन्द्रका अध्यक्ष चन्नर प्रसाद यादवले जानकारी दिएका थिए।

केन्द्रीय सदस्य राजू हरिजनको अध्यक्षतामा क्षेत्र नं १ का क्षेत्रीय सचिव शिव कुमार धवलको सञ्चालनमा शुभकामना आदानप्रदान तथा ताल सरसफाईबाट सम्पन्न भएको थियो भने प्रदेश कमिटी सचिवालय सदस्य लेखनाथ न्यौपाने प्रदेश कमिटी कल्पना सुवेदी, प्रमोद यादव, गुलाम अलि, एवम पालिका स्तरका कार्यरत टोल कमिटी लगायतका उपस्थितिमा कार्यक्रम सम्पन्न भएको माओवादी केन्द्र ओमसतियाले जनाएको छ।